खबरहबका गौरवमय दुई वर्ष « Khabarhub

खबरहबका गौरवमय दुई वर्ष


२२ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज खबरहब तेस्रो वर्षमा प्रवेश गरेको छ । स्थापनादेखि नै खबरहब नेपाली र अंग्रेजी भाषामा प्रकाशन हुँदै आएको छ ।

खबरहबले संवैधानिक सर्वोच्चता, सुशासन, पारदर्शिता, लोकतन्त्र, वाक स्वतन्त्रता र मानवअधिकारलाई आधारभूत मार्गदर्शन मानेको छ । यसै अनुसार हामीले समाचार र विचार प्रवाह गर्दै आएका छौँ । खबरहब सधैँ यही मूल्यमान्यतामा अडिग रहनेछ ।

हाम्रा लागि विश्वसनीयता अर्को ठूलो मन्त्र हो । हामी खबरहबमार्फत प्रकाशन र प्रसारण हुने सबै किसिमका सूचनाहरूको विश्वसनीयताप्रति सधैँ सजग छौँ । हामीले छोटो समयमै हाम्रो वेबसाइटमा ठूलो संख्यामा पाठकहरू पाएका छौँ । यसबाट हामी गौरवान्वित भएका छौँ । हामी सिक्नेक्रममा छौँ । हाम्रा सामग्रीहरू पूर्णरूपमा त्रुटिरहित थिए भन्ने हाम्रो दाबी छैन । पाठकहरूले औँल्याउने त्रुटि र पाठकहरूको प्रतिक्रियाको हामी सधैँ स्वागत गर्दछौँ र सुझावअनुसार थप परिष्कृत गर्दै जानेछौँ । मूल्यांकन पाठकहरूकै जिम्मामा हुनेछ ।

हामी हाम्रो मार्गदर्शन, पत्रकारिताका प्रचलित मूल्यमान्यता र कानूनी दायरामा सधैँ सजग छौँ । आधुनिक प्रविधिले ल्याएको सुविधाको अधिकतम उपयोग गर्दै पाठकहरूसमक्ष पुग्नेछौँ ।

सञ्चालनको दोस्रो वर्षमा सबै सञ्चार माध्यमझैँ खबरहब पनि विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को मारमा पर्‍यो । महामारीको भयका बीच पनि हामीले समाचार र विचार प्रवाहमा अधिकतम प्रयत्न गर्‍यौँ । आमनागरिकलाई कोभिड–१९ को रोकथाम र सुरक्षा चेतनाका बारेमा सचेत गराउने उद्देश्यले समाचार, विचार र आलेखहरूलाई प्राथमिकता दियौँ । आमनागरिकको सुविधाको लागि राज्यका निकायहरूलाई सजग गराउनमा जोड दियौँ ।

अनलाइन माध्यमबाट पाठक र श्रोतासमक्ष पुर्‍याउन सकिने समाचार र विचारका सबै सामग्री प्रस्तुत गर्न हामी प्रयासरत छौँ । हाम्रा अनुभवका आधारमा आगामी दिनमा खबरहबलाई अझ परिष्कृत बनाउँदै जाने हाम्रो प्रयास जारी रहनेछ ।

अनलाइन सञ्चार माध्यम कुनै खास भौगोलिक क्षेत्रमा मात्र सीमित छैन । प्रविधिले हामीलाई विश्वव्यापी बनाएको छ । हामीले सोहीअनुसार राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रमुख घटनाका समाचार सामग्री प्रस्तुत गर्दै आएका छौँ । समाचारमा हाम्रा छिमेकी र मित्र राष्ट्रहरूलाई प्राथमिकतामा राखेका छौँ । यस क्रममा मातृभूमि नेपालको हित प्रवर्द्धन हाम्रो मूल ध्येय रहेको छ ।

विविधि समाचार, विचार र मानवीय चासोका विषयहरू पाठकको रुचिअनुसार पठनीय बनाउन हामी सधैँ प्रतिबद्ध छौँ । हामीलाई राज्यको कानून र पत्रकारिताका विश्वव्यापी मूल्यमान्यता परिपालनाबाहेक कुनै पनि दबाब स्वीकार्य छैन ।

खबरहबको मातृसंस्था पेभलियन मिडिया ग्रुपले चाँडै मनोरञ्जन र बिजनेश समाचार पोर्टलसहित रेडियो र स्याटेलाइट टेलिभिजन सुरु गर्ने तयारी गरेको जानकारी गराउन पाउँदा हामीलाई खुसी लागेको छ ।

हामीले खबरहबको गौरवमय दुई वर्ष पूरा गरेका छौँ । दोस्रो वार्षिकोत्सवका अवसरमा हामी हाम्रा समस्त पाठक, प्रबुद्ध लेखक, विज्ञापनदाता र शुभेच्छुकहरूप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछौँ ।

प्रकाशित मिति : २२ माघ २०७७, बिहीबार  १२ : २३ बजे

तनहुँका विभिन्न आयोजनाका लागि बजेट विनियोजन गर्न अर्थमन्त्रीको ध्यानाकर्षण

दमौली– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरी तनहुँको आँबुखैरेनी गाउँपालिकाका

लागूऔषध गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ

धरान– धरान उपमहानगरपालिका-१३ स्थित कोशी लोकमार्गबाट प्रहरीले ५९ किलो प्रतिबन्धित

सांसद एवं उच्च सरकारी अधिकारीलाई सम्मान

काठमाडौं– कान्तिपुर सिटी कलेज (केसिसी)ले सांसद तथा उच्च सरकारी ओहदामा

पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक श्रमदानबाट मर्मत

म्याग्दी– स्थानीयले श्रमदान गरेर म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा रहेको पर्यटकीयस्थल

ठमेलको एलओडी विश्वका उत्कृष्ट डिजे क्लबको ४०औं स्थानमा

काठमाडौं– ठमेलस्थित एलओडी क्लब सन् २०२६ का लागि विश्वका उत्कृष्ट