एन्फामा ४ करोडभन्दा बढी पेश्की फछ्र्यौट भएन (सूचीसहित) « Khabarhub

एन्फामा ४ करोडभन्दा बढी पेश्की फछ्र्यौट भएन (सूचीसहित)



काठमाडौँ– अखिल नेपाल फुटबल संघ(एन्फा)मा ४ करोडभन्दा बढी पेश्की फछ्र्यौट हुन बाँकी रहेको पाइएको छ । विभिन्न व्यक्ति, संस्था तथा जिल्ला फुटबल संघले समय–समयमा विभिन्न शीर्षकमा लिएको पेश्की फछ्र्यौट गर्न बाँकी छ ।

एन्फामा आर्थिक वर्ष २०७६/०७७को असार मसान्तसम्ममा फछ्र्यौट हुन बाँकी पेश्की रकम ४ करोड ८९ लाख ७ हजार ५ सय ७२ छ ।

विश्व फुटबलको अभिभावक संस्था फिफा, एसियन फुटबल फेडेरेसन(एएफसी) र नेपाल सरकारको अनुदानबाट चल्ने एन्फाको खाताबाट विभिन्न शीर्षकमा गएको पेश्की लिने व्यक्तिले इमान्दारिता नदृखाइदिँदा फछ्र्यौट नगरेको एन्फा स्रोत बताउँछ ।

पेश्की रकम सबैभन्दा बढी फिफाको खाताबाट लिइएको छ । जसमा फिफाको खाताबाट २ करोड ६० लाख २७ हजार ३० रुपैया लिएको छ भने एन्फाको खाताबाट १ करोड ४६ लाख २४ हजार ५ सय ८ रुपैया छ।

यस्तै, एएफसीको खाताबाट ८२ लाख ५६ हजार ३४ रुपैया छ । फछ्र्यौट हुन बाँकी रहेको पेश्की रकम ३ महिना, ६ महिना, ९ महिना, १ वर्ष र १ वर्षभन्दा लामो समयदेखि बाँकी रहेको हो । एन्फाबाट पेश्की लिएर फछ्र्यौट नगर्नेमा पूर्व फुटबलर, एन्फा पदाधिकारी, जिल्ला संघ तथा विभिन्न सस्थाहरु छन् ।

एन्फाको अडिट रिर्पोटमा ५ लाखभन्दा बढी पेश्की लिनेको छुट्टै सूची बनाइएको छ । जसमा एन्फाका पदाधिकारीदेखि जिल्ला संघहरु छन् ।

पेश्की लिने कति व्यक्तिहरुले मृत्युवरणसमेत गरिसकेका छन् । तर, पनि उनीहरको नाममा एन्फाको पेश्की बाँकी छ ।

एन्फाको खाताबाट ५ लाखभन्दा बढी लिनेमा एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ, उपाध्यक्ष कृष्णबहादुर थापा, सहायक कोषाध्यक्ष राजेन्द्र न्यौपाने लगायत १९ व्यक्ति तथा संस्था छन् ।

एन्फाका पूर्वकार्यवहाक अध्यक्ष स्वर्गीय ललितकृष्ण श्रेष्ठ र पूर्वमहासचिव स्वर्गीय लोकबहादुर शाहीको नाममा पनि पेश्की फछ्र्यौट बाँकी छ ।

एन्फाका सहायक कोषाध्यक्ष राजेन्द्र न्यौपाने र पूर्व पदाधिकारी हरिप्रसाद रायमाझी लगायतका व्यक्तिहरुको पनि फछ्र्यौट हुन बाँकी छ । एन्फाका पदाधिकारी र जिल्ला संघहरुले विभिन्न कार्यक्रममा लिएको बजेट फछ्र्यौट नगर्दा समस्या भएको एन्फा स्रोत बताउँछ ।

पेश्की फछ्र्यौट गराउनै समस्या

एन्फामा जिल्ला र स्वर्गीय भइसकेका व्यक्तिहरुको नाममा रहेको पेश्की फछ्र्यौट गर्न समस्या भएको बताइएको छ । ‘हामीले फछ्र्यौटलाई प्राथमिकता दिएका छौं । तर, पनि कतिपय जिल्ला संघ भनेरमात्रै तोक्ता अहिले त्यसमा संघ मात्रै भनेको छ । तर, त्यतिबेलाका पदाधिकारी अहिले परिवर्तन भइसकेका छन्,’ एन्फा स्रोतले भन्यो, ‘कति मान्छेहरुले मृत्युवरण गरेका छन् । त्यस्तो अवस्थामा कसरी फछ्र्यौट गराउने ।’

जिल्ला संघमा कार्यसमिति परिवर्तन भएपछि त्यसको कार्यसमितिको जिम्मा नयाँले नलिइदिँदा समस्या भइरहेको उनको भनाइ छ ।

मेरो पेश्की बाँकी छैन – उपाध्यक्ष नेम्वाङ

एन्फा उपाध्यक्ष नेम्वाङले आफ्नो नाममा पेश्की फछ्र्यौट बाँकी नरहेको बताएका छन् । उनले आफुले एन्फाको लेखा शाखामा बुझ्दा फछ्र्यौट बाँकी नरहेको जानकारी पाएको बताएका छन् ।

‘मेरो पेश्की बाँकी छैन । मैले लेखामा सोधेको थिए । बाँकी रहेछ भने तिर्नुपर्‍यो भने, तर बाँकी छैन भनेका थिए,’ वरिष्ठ उपाध्यक्ष नेम्वाङले भने ।

प्रकाशित मिति : २२ माघ २०७७, बिहीबार  ९ : ५५ बजे

सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णय सर्वसम्मतिले पारित

काठमाडौं– राष्ट्रिय सभाले सरकारबाट सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णयलाई

निर्वाचन सामग्री धमाधम जिल्लातिर (तस्बिरहरू)

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन

राष्ट्रियसभाको शून्य समयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभा सदस्यहरूले विदेशमा ज्यान गुमाएका नेपाली, विकास बजेट रोक्का,

झापामा ओलीले भने : ग्यास उत्खनन भइसकेको छ, पाइपबाट घरघरमा पठाउने दिन आउँदैछ

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अपराधिक तत्वहरूले आफूमाथि

नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

काठमाडौं– नेपाल र कतारबीच समग्र आर्थिक विकास, पर्यटन प्रवर्द्धन तथा