फागुनमा हुने संयुक्त आन्दोलनले ओलीलाई बढार्छ : प्रचण्ड | Khabarhub Khabarhub

फागुनमा हुने संयुक्त आन्दोलनले ओलीलाई बढार्छ : प्रचण्ड



काठमाडौँ- नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फागुन पहिलो साताबाट संयुक्त आन्दोलन थाल्ने घोषणा गरेका छन् ।

संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोधमा भएको आमहड्तालमा सहभागी भएका दाहालले कोटेश्वरमा पत्रकारहरूसँगको संक्षिप्त कुराकानीमा उनले फागुन पहिलो साताबाट हुने संयुक्त आन्दोलनले लोकतन्त्रविरोधी र निरंकुशता पक्षपातिलाई बढार्ने चेतावनी पनि  दिए ।

‘मेरो नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र नागरिक समाजलाई आग्रह छ, अब सबै मिलौँ,’ दाहालले भने । संयुक्त आन्दोलनका लागि लगभग कुरा मिलेको संकेत गरेका दाहालले भने, ‘हामी सम्भवत फागुन पहिलो हप्तादेखि संयुक्त आन्दोलन गर्छौँ र यसले केपीलाई बढार्छ ।’

आमहड्ताललाई ‘बाध्यता’को रूपमा अर्थ्याएका दाहालले बलमिच्याई गरेर सरकारले संवैधानिक निकायहरुमा नियुक्ति गरेकाले जनतालाई जानकारी दिन सडकमा आउनु परेको प्रष्ट्याए ।

‘यस्तो नभइदिए हुन्थ्यो भन्ने जनताको भावना हामीले बुझेका छौं, सम्मान पनि गर्छौं । तर कहिलेकाँही यस्तो बाध्यात्मक अवस्था आउँछ । यो संविधानको रक्षाका लागि हो ।’

ओलीको आन्दोलन पञ्च र्‍याली

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको आन्दोलनलाई दाहालले पञ्च र्‍यालीको संज्ञा दिएका छन् ।

सरकार नै सडकमा उत्रिएको कँही कतै नदेखिएको टिप्पणी गर्दै दहालले भने, ‘हामीले गरेको जनआन्दोलन हो र ओलीले गरेको पञ्च र्‍याली हो । यो केपी ओलीसँगको जुहारी हैन । यो संविधन मिचिएकाले हामी सडकमा उत्रिएका हौँ,’ दाहालले भने ।

प्रकाशित मिति : २२ माघ २०७७, बिहीबार  ९ : २९ बजे

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा