कञ्चनपुरमा गुडिरहेको गाडीमा ढुङ्गा प्रहार | Khabarhub Khabarhub

कञ्चनपुरमा गुडिरहेको गाडीमा ढुङ्गा प्रहार


२२ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० स्थित पूर्वपश्चिम राजमार्गको झलारीमा चल्दै गरेको बसमा अज्ञात समूहले ढुङ्गा प्रहार गरेको छ ।

काठमाडौँबाट आउँदै गरेको बसमा ढुङ्गा प्रहार हुँदा झ्यालको सिसा फुटेको छ । बिहान ६ बजेको समयमा बसमा ढुङ्गा प्रहार गरिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले बताए ।

बसका रहेका यात्रु भने सकुसल रहेको उहाँले जानकारी दिनुभयो । ‘ढुङ्गा प्रहार गर्नेको पहिचान भएको छैन’, उनले भने, ‘खोजी कार्य जारी राखेका छौँ ।’

यसैबीच, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेपाल–प्रचण्ड समूहले आह्वान गरेको बन्दका क्रममा विभिन्न ठाउँबाट रातिका बेला गन्तव्यमा हिँडेका यात्रुबाहक बस, ढुवानीका साधन र निजी सवारी साधनलाई प्रहरीले स्कटिङ गरी गन्तव्यमा पुर्‍याउने कार्य गरिरहेको छ ।

बजार क्षेत्रलगायत पूर्वपश्चिम राजमार्गमा सुरक्षा व्यवस्थालाई कडा पारिएको छ ।

प्रकाशित मिति : २२ माघ २०७७, बिहीबार  १ : १५ बजे

भारतीय पर्यटकले पाँच हजार डलर बराबरको भारतीय रुपैयाँ ल्याउन पाउने

वीरगञ्ज– नेपाल राष्ट्र बैंकले भारतीय नागरिकले नेपाल भ्रमणका क्रममा पाँच

अण्डाको मूल्य बढ्यो, प्रतिक्रेट ५४५ कायम

चितवन – चाडपर्व सुरु भएसँगै अण्डा खपत बढेको छ ।

बर्डफ्लू रोकथामका लागि सीमा क्षेत्रमा उच्च सतर्कता

कञ्चनपुर– बर्डफ्लु भित्रिन नदिन कञ्चनपुरको सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको

ओली सरकार : एक कदम अगाडि, दुई कदम पछाडि

काठमाडौं– सरकारले साउन २० गते देशभरका सवारी साधनहरूमा इम्बोस्ड नम्बर