झापामा बन्दको प्रभाव : एक गाडीमा तोडफोड | Khabarhub Khabarhub

झापामा बन्दको प्रभाव : एक गाडीमा तोडफोड


२२ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल पक्षले आह्वान गरेको नेपाल बन्दको प्रभाव झापामा पनि देखिएको छ ।

बजार पसल खुले पनि सवारी साधनहरु न्युन मात्रामा चलेका छन् । यसै क्रममा बन्दकर्ताहरुले झापाको विर्तामोडमा एक सवारी साधनमा तोडफोड गरेका छन् ।

मे.१ च १९४२ नम्बरको कारमा तोडफोड गरिएको हो । बन्दको अवज्ञा गरेको र रोकेर सम्झाउन खोज्दा गाडी थप अघि बढाएको बन्दकर्ताहरुको आरोप छ ।

सो क्रममा स्थानीय विद्यार्थी नेता मदन भट्टराईलाई सामान्य चोट लागेको जनाईएको छ ।

ओलीको गृहनगरमा आंशिक प्रभाव

प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा पनि बन्दको आंशिक प्रभाव देखिएको छ । बजार पसल धेरैजसो खुलेका छन् भने केहि पसलहरु बन्द समेत देखिए ।

अपरान्ह केही समय बन्दकर्ताहरु गणतन्त्र चोकमा भेला भएका थिए भने बन्दकर्ता भन्दा ठुलो संख्यामा सुरक्षाकर्मीहरु तैनाथ गरिएको थियो ।

दमकमा स्थानीय सरकार अन्तर्गतका कार्यालयहरु खुल्ला रहे पनि कतिपय बैक तथा वित्तिय संस्थाहरु बन्द रहे । लामो तथा छोटो दुरीका सवारी साधनहरु नचल्दा सडक भने सुनसान देखिएको छ ।

प्रकाशित मिति : २२ माघ २०७७, बिहीबार  ३ : २२ बजे

अण्डाको मूल्य बढ्यो, प्रतिक्रेट ५४५ कायम

चितवन – चाडपर्व सुरु भएसँगै अण्डा खपत बढेको छ ।

बर्डफ्लू रोकथामका लागि सीमा क्षेत्रमा उच्च सतर्कता

कञ्चनपुर– बर्डफ्लु भित्रिन नदिन कञ्चनपुरको सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको

ओली सरकार : एक कदम अगाडि, दुई कदम पछाडि

काठमाडौं– सरकारले साउन २० गते देशभरका सवारी साधनहरूमा इम्बोस्ड नम्बर

पक्राउ परेको केही घण्टामै हाजिरी जमानीमा छुटे एमाले नेता ऐन महर

काठमाडौँ- प्रमुख सत्तारुढ नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर हाजिरी