‘सेनाको उपसेनानी हुँ’ भन्दै ठगी गर्ने पक्राउ « Khabarhub

‘सेनाको उपसेनानी हुँ’ भन्दै ठगी गर्ने पक्राउ


२३ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- सेनाको उपसेनानी (लेफ्टीनेण्ट)को नाममा ठगेको आरोपमा एक जनालाई सुनसरी प्रहरीले  पक्राउ गरेको छ ।

सुनसरीको इटहरी बजारक्षेत्रमा सर्वसाधारण तथा व्यापारीलाई रेड मर्करीको व्यापारमा फाइदा हुन्छ भन्दै ठगी गर्दै हिँडेका पर्सा ठोरी–५ का २८ वर्षीय शिवकुमार कार्कीलाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको हो ।

प्रहरीले इटहरी–६ सामुदायिक अस्पताल अगाडिबाट नेपाली सेनाको कम्ब्याट पोसाक लगाएकै अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ परेको अवस्थामा उनले उपसेनानीको दर्ज्यानी  चिन्हसहितको पोसाक पनि लगाएका थिए । कार्कीले ११ लाख रूपैयाँ ठगेको सूचना प्रहरीमा पुगेको थियो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार उनको साथबाट ३३ हजार ४ सय ५० रुपैयाँ नगद, विभिन्न बैङ्कको एटिएम र आइएमईका रसिद तथा विभिन्न कम्पनीका चारथान मोबाइल सेट पनि बरामद गरिएको छ ।

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  १० : ३० बजे

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा