मेलम्ची खानेपानी आयोजनाको ‘हेडबक्स’ निर्माण तीव्र « Khabarhub

मेलम्ची खानेपानी आयोजनाको ‘हेडबक्स’ निर्माण तीव्र


२३ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–मेलम्ची खानेपानी आयोजनाअन्तर्गत ‘हेडबक्स’ निर्माण दुई महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

गत पुस दोस्रो सातासम्म सम्पन्न हनुपर्ने भए पनि ‘हेडबक्स’ को निर्माण विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ का कारण ढिलाइ भएको हो । सो अवधिमा काम सुस्तगतिमा भएकाले तोकिएकै अवधिमा सम्पन्न गर्न नसकिएको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए ।

अहिले निर्माण धमाधम अघि बढिरहेकाले चैतसम्ममा सम्पन्न गरिसकिने उनको भनाइ छ । “हेडबक्समा कङ्क्रिट गर्ने, गेटको फ्रेम राख्नेलगायतका काम सकिएको छ”, उनले भने, “विद्युतीय कामलगायतका अरु केही काम अझै बाँकी छ ।”

गत वर्ष चैतदेखि आयोजनामा जनशक्ति र सामग्री अभावका कारण निर्माणले गति लिन नसकेको सूचना अधिकारी पन्तले बताए । उनका अनुसार सो अवधिमा आवश्यक जनशक्तिको आधाभन्दा कम मात्रैले निर्माणस्थलमा काम गरेका थिए । कोरोना सङ्क्रमण फैलन सक्ने जनाउँदै स्थानीय तहले मालवाहक सवारी साधनको आवतजावतसमेत रोकेका थिए । सो अवधिमा काम पूरै ठप्प नभए पनि सुस्त भएको उनले बताए । उनले भने, “कोभिडका कारण ढिलाइ भएको आयोजनामा अवधि थप्न सक्ने भनी सरकारले निर्णय गरेको छ ।”

नेपालमा कोभिड सङ्क्रमण कम हुँदा आयोजनाअन्तर्गत सुरुङमा भएको त्रुटि सच्याउने काम भइरहँदा ‘हेडबक्स’ निर्माण पनि अघि बढाइएको थियो । आयोजनामा यसअघि कार्यरत कम्पनीले गर्ने बाँकी काम सम्पन्न गर्ने गरी सम्झौता भएको चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले ‘हेडबक्स’ को बाँकी काम अघि बढाएको छ ।

आयोजनाले गत महिना सुरुङको परीक्षणका क्रममा ‘हेडबक्स’ को निर्माण नसकिएकाले अस्थायी बाँधमार्फत पानी पठाएको थियो । सुरुङमा रहेको ढोका गलत तरिकाले जडान भएकाले दुर्घटना भएको पाइएको थियो । अहिले त्रुटि सच्याउने काम भइरहेको छ । त्रुटि सच्याएर सुरुङको पुनः परीक्षण गर्दा अस्थायी बाँधकै प्रयोग गरिने भएको छ ।

दुई दशक पहिले निर्माण शुरु भएको सो आयोजनाअन्तर्गत अहिले सुरुङ निर्माण सम्पन्न भइसकेको छ । इटालेली निर्माण कम्पनी सिएमसीले आयोजना अलपत्र छाडेर गएपछि सरकारले विसं २०७५ असोजमा बाँकी काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । आयोजनाअन्तर्गत यसअघि नै सुन्दरीजलमा दुई पानी प्रशोधन केन्द्र निर्माण सम्पन्न भइसकेको छ ।

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  ११ : २७ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल