जनताभन्दा ठूलो न्यायाधीश हुँदैन : पोखरेल « Khabarhub

जनताभन्दा ठूलो न्यायाधीश हुँदैन : पोखरेल


२३ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— नेकपा (ओली) समूहका सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले जनताभन्दा ठूलो न्यायाधीश अर्को हुन नसक्ने बताएका छन् । उनले भने, ‘ताजा जनादेशमा गएर जनताको निर्णय स्वीकार गर्न चाहन्छौँ ।’

पोखरेलले राजधानीको दरबार मार्गमा भइरहेको बृहत् जनसभामा बोल्दै उक्त कुरा बताएका हुन् । उनले पाँच वर्षका लागि निर्वाचित प्रधानमन्त्री तथा महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई षड्यन्त्र गरेर बीचमै अपदस्थ गर्न खोजेपछि निर्वाचनमा जानु परेको बताए । उनले प्रधानमन्त्री ओलीको संकल्पअनुसार राजनीतिक स्थायित्वलाई निरन्तरता दिने पनि बताए ।

पोखरेलले आधिकारिक नेकपा ओलीले नेतृत्व गरेको नेकपा नै हुने र सूर्य चिह्न पनि उसकै हुने ठोकुवा गरे । उनले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपाको आधिकारिकता कसैले तोड्न सक्दैन ।’

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  २ : ३१ बजे

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको