प्रचण्ड समूहले जलाएको ट्याक्सीको क्षतिपूर्ति सरकारले दिन्छ : ओली « Khabarhub

प्रचण्ड समूहले जलाएको ट्याक्सीको क्षतिपूर्ति सरकारले दिन्छ : ओली


२३ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (दाहाल-नेपाल) समूहको आमहड्तालका क्रममा जलाइएको ट्याक्सीको क्षतिपूर्ति सरकारले दिने बताएका छन्।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको आज नारायणहिटी क्षेत्रमा बृहत् सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले  दाहाल–नेपाल समूहका कार्यकर्ताले जलाएको उक्त ट्याक्सीको क्षतिपूर्ति सरकारले दिने बताएका हुन ।

‘हिजो नेपाल बन्द गरेर तर्साउन खोजियो, ट्याक्सी जलाइयो,’उनले भने,‘धन्न चालक बचे। ट्याक्सीको बिमा गरेको छ होला। क्षतिपूर्ति सरकारले दिन्छ। जनतालाई मन पराउने सरकार छ।’

नेकपाको (प्रचण्ड-नेपाल) समूहका प्रदर्शनकारीहरूले बिहीबार काठमाडौंको सामाखुसीमा प्रदेश नम्बर ३–०१–००२ ज ५८८१ नम्बरको ट्याक्सी जलाएका थिए।

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  ५ : ०७ बजे

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको