सरकारले सडकमा जुलुस निकालेर ‘डंका पिट्ने’ काम गर्‍यो : नेता खनाल « Khabarhub

सरकारले सडकमा जुलुस निकालेर ‘डंका पिट्ने’ काम गर्‍यो : नेता खनाल


२३ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले ओली समूहको आजको र्‍यालीलाई पञ्चर्‍यालीको संज्ञा दिएका छन ।

प्रेस संगठन झापाले शुक्रबार बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता खनालले ओली समूहको सभालाई पञ्चर्‍यालीको संज्ञा दिएका हुन ।

नेता खनालले ओलीको असंवैधानिक कदमविरुद दलहरुबीच छलफल जारी रहेको बताउँदै संयुक्त आन्दोलन हुने जानकारी दिए ।

नेता खनालले सरकारले सडकमा जुलुस निकालेर ‘डंका पिट्ने’ काम गरिरहेको आरोप समेत लगाए ।

पूर्वप्रधानमन्त्री समेत खनालले भने, ‘२०४६ सालपछि कुनै पनि सरकारले यसरी सडकमा जुलुस निकालेको इतिहास छैन, तर ओली नेतृत्वको सरकारले सडकमा जुलुस निकालेर हामी नै लोकप्रिय छौँ, लोकतान्त्रिक छौँ र संवैधानिक छौ भन्दै डंका पिटिरहेको हेर्दा आश्चर्य लागेर आउँछ।’

उनले लोकतन्त्र र संविधानका पक्षधर, सम्पूर्ण राजनीतिक दल, सम्पूर्ण नागरिक समाज एकताबद्ध भएर संविधानको रक्षा र प्रतिगमनविरुद्ध एकजुट हुन उनले आह्वानसमेत गरेका छन्।

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  ६ : ३९ बजे

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था

कांग्रेस नेता आङ्देम्बेद्वारा सद्भाव र धार्मिक सहिष्णुताका लागि अपिल

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले देशको

राष्ट्रपतिले प्रधानमन्त्रीलाई भने : संयमतापूर्वक परिस्थिति साम्य पार्नुहोस्

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक दललगायत सबै पक्षलाई साथमा

राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे बालेन

काठमाडौं – प्रधानमन्त्री बालेन शाह राष्ट्रका नाममा सम्बोधन सम्पन्न गरेलगत्तै