राष्ट्रिय महिला लिगमा आजदेखि दोस्रो चरणका खेल « Khabarhub

राष्ट्रिय महिला लिगमा आजदेखि दोस्रो चरणका खेल


२४ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय महिला लिग फुटबलमा आजबाट दोस्रो चरणको खेलहरू सुरू हुँदैछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार हुने दोस्रो चरणको पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र चौदण्डीगढी नगरपालिका खेल्ने छन् ।

दुई टिमबीचको खेल अपरान्ह २ बजे सुरु हुनेछ । चौदण्डीविरुद्ध मैदान उत्रदा आर्मी सहज जितको खोजीमा हुनेछ ।

आर्मी सहज जित निकाल्दै उपाधि होड कायम राख्न चाहन्छ । दोस्रो स्थानको आर्मीले ६ खेलमा १३ अंक जोडेको छ ।

जित विहिन रहेको चौदण्डी पुछारमा रहेको छ । जारी महिला लिगको पहिलो चरणसम्म साविक विजेता एपीएफ अपराजित रहेको छ । एपीएफ ६ खेलमा ६ जितसहित १८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

यस्तै विराटनगर महानगरपालिका १० अंक जोडेर तेस्रो स्थानमा रहदा ८ अंक जोडेको नेपाल पुलिस चौथो स्थानमा रहेको छ । वालिङ नगरपालिका ८ अंक जोडेर पाँचौ र ३ अंक जोडेको चन्द्रपुर छैटौ स्थानमा रहेको छ ।

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार  ८ : ०२ बजे

बाँकेमा देखिन थाल्यो डेंगु

नेपालगञ्ज- जिल्लामा डेंगुको संक्रमण देखिन थालेको छ। स्वास्थ्य कार्यालय बाँकेले

बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो

बाँके – जिल्लामा डेङ्गुको सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य

कानुनविपरित भीभीआईपी र भीआईपीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता गर्न निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले कार्यविधिविपरित अति विशिष्ट (भीभीआईपी) र विशिष्ट

‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी

तेहरान – इरानको रिभोलुसनरी गाड्र्सले शुक्रबार हर्मुज जलमार्ग हुँदै ‘अवैध

वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ

काठमाडौं – काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको