इन्टर मिलान ‘सिरी ए’ फुटबलको शीर्ष स्थानमा « Khabarhub

इन्टर मिलान ‘सिरी ए’ फुटबलको शीर्ष स्थानमा


२४ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इन्टर मिलान इटालियन सिरी ‘ए’ फुटबलको शीर्ष स्थानमा पुगेको छ ।

शुक्रबार राति भएको खेलमा फियोरेन्टिनालाई २-० ले पराजित गर्दै इन्टर शीर्ष स्थानमा उक्लिएको हो ।

फियोरेन्टिनाको मैदानमा इन्टरलाई जित दिलाउन निकोलो बरेला र इभान पेरिसिचले एक एक गोल गरे । खेलको ३१औँ मिनेटमा बरेलाले गोल गर्दै इन्टरलाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको ५२औँ मिनेटमा पेरिसिचले गोल गर्दै इन्टरलाई २-० को जित दिलाए । जितसँगै शीर्ष स्थानमा उक्लिएको इन्टरले ४७ अंक जोडेको छ ।

एसी मिलानलाई १ अंकले पछि पार्दै इन्टर शीर्ष स्थानमा उक्लिएको हो । फियोरेन्टिना २२ अंक जोडेर १२औँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार  ८ : २० बजे

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी