सिन्धुलीमा जन्ती बोकेको ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु, २२ जना घाइते « Khabarhub

सिन्धुलीमा जन्ती बोकेको ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु, २२ जना घाइते


२४ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली- सिन्धुलीको मरिणमा जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा २२ जना घाइते भएका छन् ।

दुर्घटनामा मरिण गाउँपालिका वडा नं २ बस्ने वर्ष २५ का प्रताप लोको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शुक्रबार दुर्घटना लगत्तै हेलिकप्टरबाट काठमाण्डौंको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि लगिएका पाँच जनामध्ये उपचारको क्रममा लोको मृत्यु भएको हो । अन्य चार जनाको अवस्था पनि गम्भीर रहेको अस्पतालले जनाएको छ ।

दुर्घटनामा घाइते भएका अन्य १८ जनालाई पनि थप उपचारको लागि एम्वुलेन्समा काठमाण्डौं पठाइएको गाउँपालिका अध्यक्ष पानीराज बम्जनले जानकारी दिए ।

३४ जना जन्ती बोकेर हरिहरपुरगढीको बखबरबाट मरिणको रातोमाटेतर्फ जादै गरेको ना ५ त ५३५६ नम्बरको ट्राक्टर तीव्र गतिमा रहेको र मदन भण्डारी सडकमै अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार  १२ : ०५ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ