१० वर्षदेखि साउदीमा बन्धक नेपाली महिलाको उद्धार « Khabarhub

१० वर्षदेखि साउदीमा बन्धक नेपाली महिलाको उद्धार


२४ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

दोहा- १० वर्षदेखि साउदीमा बन्दी जीवन बिताइरहेकी एक नेपाली चेलीको नेपाली प्रबासी समाज साउदी अरेबियाले  उद्धार गरेको छ ।

दलालको विभिन्न प्रलोभनमा परी घरेलु कामको लागि भारतको नयाँ दिल्ली हुदैँ साउदीको राजधानी रियाद भन्दा ३ सय किलोमिटर टाढा आइपुगेकी पाल्पा छहरा-४ की सम्झना थापा मगरको उद्धार गरिएको हो ।

पीडितलाई दलालले ललिता गुरुङ नाम गरेको राहदानी बनाएर त्यहाँ पुर्‍याएको खुलेको छ । साउदी नागरिकको घरमा १० वर्षदेखि काम गर्दै आएकी उनलाई घरपरिवार, आफन्त कसैसंग पनि सम्पर्क गर्न नदिएको गुनासो छ ।

कैदीबन्दी झैँ जीवन विताएकी उनले २ महिनाअघि नेपाली प्रवासी समाजको फेसबुक पेजमा सम्पर्क गरेकी थिइन् ।

लगत्तै समाजको साउदी अरेबिया अध्यक्ष शालिकराम पाण्डेले रियादस्थित नेपाली दूतावासमा सम्पर्क गरि ती महिलाको उद्धार प्रकिया थालेका थिए ।

पाण्डेको आग्रह पछि प्रवासी समाज तथा दूतावासको समन्वयमा मंगलबार पीडित महिलाको निवास अलसग्रा क्षेत्रबाट उद्धार गरि दूतावासको सेल्टरमा राखिएको छ । अब साउदीको कानूनी प्रक्रिया पूरा गरि पीडितलाई चाँडै स्वदेश फर्काइने समाजले जनाएको छ ।

केहि महिनाअघि साउदीको ताबुकमा ११ वर्षदेखि बिना तलब काम लगाएर बन्धक बनाईएकी लीलामाया धिमालको पनि समाजले उद्धार गरेको थियो ।

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार  १२ : ३५ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ