भ्याक्सिन लगाएर सकियो, पीसीआर मेसिन गोदाममै « Khabarhub

भ्याक्सिन लगाएर सकियो, पीसीआर मेसिन गोदाममै



नवलपुर– झण्डै चार महिनाअघि विघटित प्रतिनिधिसभाका सदस्य तिलक महतले कोरोना परीक्षण गर्ने पीसीआर मेसिन लिएर नवलपुर आए । जतिबेला नवलपुरमा कोरोना संक्रमण दर उच्च थियो ।

नवलपुरबासीलाई कोरोना संक्रमणका लागि स्वाव परीक्षण गर्न पोखरा, हेटौडा र चितवन पुग्नुपर्ने बाध्यता भएकाले जिल्लामै पीसीआर परीक्षणको व्यवस्था गर्नुपर्ने माग बढेपछि संघीय सांसददेखि प्रदेश सांसदहरु नवलपुरमै पीसीआर मेसिन राख्नुपर्नेमा एकमत देखिए ।

कोरोना संक्रमण बढ्दै गएपछि नवलपुरको मध्यबिन्दु जिल्ला अस्पतालमा पीसीआर मेसिन जडान गर्ने सरकारको निर्णयपछि गत कात्तिक १ गते पीसीआर मेसिन आइपुग्यो ।

पीसीआर मेसिन आएपछि संघीय सांसद महतसहित गण्डकी प्रदेशका सबै सांसदहरुले आफूहरुको संयुक्त पहलले मेसिन आइपुगेको भन्दै जिल्लाबासीले पीसीआर परीक्षण गर्न बाहिर जानुनपर्ने र एकै दिनमा रिपोर्ट आउने भन्दै खुशी बाँडे ।

मध्यबिन्दु जिल्ला अस्पतालका अध्यक्ष डा. गोपाल खनालले पीसीआर मेसिन प्राप्त भएपछि अस्पतालको जिम्मेवारी समेत बढेकाले अब यसलाई सञ्चालन गर्न सबैको सहयोग आवश्यक भएको बताए । उनले मेसिन राख्नका लागि आवश्यक भौतिक पूर्वाधार कोठा निर्माणमा कन्ट्रक्सनको काम भैरहेकाले अविलम्व सुचारु गरिने पनि उल्लेख गरे ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीपूर्वका प्रमुख केशवप्रसाद चापागाईँले आवश्यक प्राविधिक तथा पूर्वाधार निर्माण गरी झण्डै एक महिनासम्ममा पीसीआर मेसिन प्रयोगमा ल्याउन सकिने बताए । तर पीसीआर मेसिन हस्तान्तरण भएको चार महिना पुग्न लाग्दा पनि मेसिन जडान हुन सकेको छैन । पीसीआर मेसिन अझैसम्म पनि जिल्ला अस्पतालको गोदाममै थन्किएको छ ।

यसबीचमा कोरानाविरुद्धको भ्याक्सिन ‘कोभिशिल्ड’ आएर पनि पहिलो चरणमा पहिलो खोप अभियान पनि शनिबार सकिएको छ ।

जिल्लामा १ हजार २३ जनालाई पहिलो चरणको खोप दिने सूचिअनुसार ११७ भाएल कोभिडविरुद्धको ‘कोभिसिल्ड’ भ्याक्सिन उपलब्ध गराइएको थियो ।

गण्डकी प्र्रदेशको दक्षिणी भारतसँगको सीमावर्ति जिल्ला नवलपुरमा मात्र होइन, बाग्लुङको धौलागिरी अस्पतालको अवस्था पनि उस्तै छ । सरकारले धौलागिरि अस्पतालमा पीसीआर प्रयोगशाला राखेर बागलुङमै कोरोना परीक्षण गर्ने गत असार १२ गते निर्णय गरेको थियो । गएको असारमै धौलागिरी अस्पतालमा कोरोना भाइरस (कोभिड–१९) पीसीआर परीक्षणको अनुमति दिए पनि पीसीआर परीक्षण अझै हुन सकेको छैन ।

त्यतिबेला स्वाव पोखरा ल्याएर पीसीआर परीक्षण गरी १५ दिन रिपोर्टका लागि कुर्नुपर्ने अवस्था रहेको थियो ।

धौलागिरि अस्पतालमा पीसीआर प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको तीन महिनापछि गत कात्तिक २७ गते पीसीआर मेसिन खरिदका लागि बोलपत्र आह्वान गरियो तर टेण्डर खोलिएको दुई महिना बढी हुँदा पनि पीसीआर प्रयोगशाला निर्माणको अझै टुङ्गो लागेको छैन ।

धौलागिरी अस्तालमा पीसीआर परीक्षण भएमा बागलुङ, मुस्ताङ, म्याग्दी र पर्वतमा सङ्कलन गरिएको नमूना पोखरा पठाउनुपर्ने बाध्यताको अन्त्य हुने अपेक्षा गरिएको थियो ।

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार  १ : ४४ बजे

चितवनको खैरहनीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन – पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको खैरहनी नगरपालिका–०१ स्थित शाहीचोकमा बसको

गाजासम्बन्धी ट्रम्पको १५ बुँदे प्रस्ताव इजरायलले गर्‍यो अस्वीकार

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा

शिक्षासहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ ।

प्रतिनिधिसभा बैठक बस्दै, चारवटा विधेयक प्रस्तुत हुने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

मेची र अरनिको राजमार्ग पूर्ण बन्द : कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न