गर्भवतीको हेलिकप्टरबाट उद्धार « Khabarhub

गर्भवतीको हेलिकप्टरबाट उद्धार


२४ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङ जिल्लाको बडीगाड गाउँपालिका निवासी एक गर्भवतीको हेलिकप्टरमार्फत उद्धार गरी पोखरा लगिएको छ ।

सुत्केरी गराउनका लागि ढोरपाटन नगरपालिकास्थित बुर्तिवाङ स्वास्थ्य चौकी लगिए पनि अत्यधिक रक्तश्रावका कारण बुर्तिवाङ स्वास्थ्य चौकीले सुत्केरी गराउन नसकेपछि गर्भवतीको बडीगाड गाउँपालिकाको समन्वयमा हेलिकप्टरमार्फत उद्धार गरी गण्डकी अस्पताल पोखरा पठाइएको बडीगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंङ पाइजाले जानकारी दिए ।

तत्कालै सुत्केरी नगराए गर्भवती र शिशु दुवैको ज्यान खतरामा रहेको स्वास्थ्यकर्मीले बताएपछि उद्धार गरिएको पाइजाको भनाइ छ ।

बडीगाड गाउँपालिका–५ धैरेनी निवासी २४ वर्षीया शान्ता घिमिरेलाई बुर्तिवाङ स्वास्थ्य चौकीमा सुत्केरी गराउन नसकेपछि गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको गर्भवती तथा सुत्केरीको हवाई उद्धार कार्यक्रमअन्तर्गत उद्धार गरी पोखरा पठाइएको अध्यक्ष पाइजाले जानकारी दिए ।

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार  ४ : ०७ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ