दाहाल–नेपाल समूहद्वारा बैतडीकी भट्टको हत्यामा संलग्नलाई कारबाहीको माग « Khabarhub

दाहाल–नेपाल समूहद्वारा बैतडीकी भट्टको हत्यामा संलग्नलाई कारबाहीको माग


२४ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले बैतडी, चडेपानीकी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनामा संलग्नलाई कारबाही गर्न माग गरेको छ ।

अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार विज्ञप्ति गर्दै घटनाले आफूहरु स्तब्ध भएको बताएका छन् ।

‘विद्यालयबाट घर फर्किँदै गरेको बेला वर्ष १७ की किशोरी भागरथी भट्टमाथि भएको पाशविक र अमानवीय कुकृत्यको हामी घोर भर्त्सना गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ चडेपानीकी भागरथी भट्टको हत्यालाई लिएर सरकारले आम मानिसलाई शान्ति सुरक्षा दिन असफल भएको दाहाल–नेपाल समूहले आरोप लगाएको छ ।

दाहाल–नेपाल समूहले राज्यले आम नागरिकलाई शान्ति सुरक्षा दिन असफल भएको आरोप लगाएको हो।

यस्तो छ शोक वक्तव्यव

बुधबार विद्यालयबाट घर फर्किने क्रममा १७ वर्षीय भागरथी बेपत्ता भएकी थिइन्।

स्थानीय सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत उनी बेपत्ता भएको झन्डै २४ घण्टापछि बिहीवार साँझ ५ बजेतिर लवलेक सामुदायिक वनमा मृत भेटिएकी थिइन्।

दाहाल–नेपाल समूहले यो घटना पनि दुई वर्षअघि कञ्चनपुरमा बलत्कारपछि हत्या भएकी १३ वर्षीय निर्मला पन्तको झैं गैरजिम्मेवारी नबन्न सरकारलाई आग्रह गरेको छ।

निर्मला हत्याको तीन वर्ष पुग्न लाग्दा पनि हत्यारालाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन।

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार  ५ : २० बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल