चौदण्डीगढीको पोष्टमा आर्मीको ९ गोल | Khabarhub Khabarhub

चौदण्डीगढीको पोष्टमा आर्मीको ९ गोल


२४ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम– विभागीय त्रिभुवन आर्मी फुटबल क्लबले राष्ट्रिय महिला लिगअन्तर्गत दोस्रो राउन्डमा चौदण्डीगढी नगरपालिका उदयपुरमाथि ९–० को सहज जित हात पारेको छ।

आर्मीको जीतमा रश्मी घिसिङले ह्याट्रिकसहित ४ गोल गरिन्। एन्फा कम्प्लेक्सको खेल मैदानमा शनिबार भएको दोस्रो राउन्डको पहिलो खेलमा आर्मीको फराकिलो जितमा शर्मिला थापाले २ तथा भुजुङ्गा राई र अन्जली वाइवाले १ गोल थपिन्। आर्मीले १ गोल उपहार पाएको थियो।

पहिलो राउन्डमा १२–० ले हारेको चौदण्डीगढीले सुधारिएको खेल देखाएको थियो। ४ भारतीय खेलाडीलाई मैदान उतारेको चौदण्डीगढीले सुधारिएको खेल देखाएपनि आर्मी विरुद्ध अंक बटुल्न सकेन्।

आर्मीका लागि १९ औं मिनेटमा रश्मी घिसिङले गोलको खाता खोलेकी थिइन्। गोलरक्षक अञ्जना राना मगरको प्रहारमा शर्मिला थापाले मिलाइदिएको पासमा घिसिङले सेन्टर एरियाबाट एक्लै बल अघि बढाउँदै गोल गरेकी थिइन्।

२३औं मिनेटमा रश्मी घिसिङको पासमा शर्मिला थापाले सहजै फिनिस गर्दै आर्मीको अग्रता दोब्बर बनाइन्। ३९औं मिनेटमा कर्नर प्रहारबाट बनेको अवसरलाई डिबक्स भित्रबाट जाली चुमाउँदै शर्मिलाले व्यक्तिगत दोश्रो गरिन्। पहिलो हाफमा ३–० ले पछि परेको चौदण्डीगढीले दोश्रो हाफमा थप ६ गोल व्यहोर्न पुग्यो।

५२औं मिनेटमा रश्मी घिसिङले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरिन्। सेन्टरबाट गरेको थ्रो इनलाई एक्लै अघि बढाउँदै डिबक्स भित्रबाट उत्कृष्ट फिनिस गरिन्। ​६०औं मिनेटमा रश्मीले ह्रयाट्रिक पुरा गरिन्। शर्मिलाको पासमा चौदण्डीगढीको डिफेन्डरलाई चिर्दै रश्मीले ह्रयाट्रिक गरेकी हुन।

६३ औं मिनेटमा रश्मी घिसिङले व्यक्तिगत चौथो तथा टोलीका लागि छैटौं गोल गर्दै आर्मीलाई ६–० ले अघि बढाइन्। ७८ औं मिनेटमा सब्सिच्युट भुजङ्गा राईले फ्रिकिकमा सिधै गोल गर्दै आर्मीलाई ७–० ले अघि बढाइन्।

८८औं मिनेटमा अञ्जली वाइवाले वान भर्सेस वानको अवस्था गोलरक्षक दिपशिखा विश्वकर्मालाई बिट गराउँदै डिबक्स बाहिरबाट गोल गरिन्। ९०औं मिनेटमा हेमा चौधरीको प्रहार चौदण्डीगढीकी एइमित लेप्चाको खुट्टामा लाग्दै आत्मघाती गोल भएपछि आर्मीले खेल ९–० ले जित्यो।

यो जितसँगै दोस्रो स्थानमा रहेको आर्मीको ७ खेलबाट १६ अंक पुगेको छ। शीर्ष स्थानमा रहेको अपराजित एपीएफको १८ अंक छ। पराजित चौदण्डीगढीले अंकको खाता खोल्न सकेको छैन। लिगमा आइतबार दुई प्रतिस्पर्धा हुनेछ। पहिलो खेलमा विराटनगर र चन्द्रपुर तथा दोस्रो खेलमा पुलिस र वालिङ भिड्नेछन्‌।

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार  ७ : १० बजे

मन्त्री पाण्डेले दिए पर्वतारोहण सङ्घका नवनिर्वाचित कार्यसमितिलाई बधाई

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल पर्वतारोहण

उखु किसानलाई अनुदान रकम निकासा, पर्सिसम्म किसानको खातामा रकम पुग्ने

काठमाण्डौं– सरकारले उखु किसानहरुलाई प्रोत्सहान, अनुदानबापतको रकम आज निकासा गरेको

हैजा फैलिएपछि वीरगञ्जका विद्यालय भदौ १३ सम्म बन्द

वीरगञ्ज- पर्साको वीरगञ्ज महानगरपालिकाभित्रका विद्यालयहरू भदौ १३ सम्म बन्द गरिने

ईश्वरी न्यौपाने राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको पदमा निर्विराेध निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसकी सांसद् ईश्वरी न्यौपाने राज्य व्यवस्था तथा सुशासन

महिला प्रतिनिधित्व स्थापित गर्न मङ्गलादेवीको योगदान अतुलनीय : मन्त्री सिंह

काठमाडौं– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राज्य सञ्चालनका विभिन्न