बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धि खोसिनुहुँदैन : पूर्वमन्त्री पुन « Khabarhub

बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धि खोसिनुहुँदैन : पूर्वमन्त्री पुन


२४ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य एवम् पूर्वमन्त्री वर्षमान पुनले बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धी खोसिन नहुने बताएका छन ।

नेपाला कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले आज दमौलीमा आयोजना गरेको कार्यक्रममा पूर्वमन्त्री पुनले लोकतन्त्र र संविधानको रक्षा गर्नु अहिलेको मुख्य चुनौती भएको बताए ।

पाँच वर्षका लागि जनादेश प्राप्त पार्टी सडकमा आउला भनेर कसैले नसोचेको चर्चा गर्दै पूर्वमन्त्री पुनले राजनीति विचार र सिद्धान्तका आधारमा सञ्चालन गर्नुपर्ने टिप्पणी गरे ।

पार्टीले पाँच वर्षका लागि प्राप्त गरेको मतको अपमान भएको बताउँदै पूर्वमन्त्री पुनले फरक मतलाई समेत सम्मान गरेर अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता भएकामा जोड दिए ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य रामकुमारी झाक्रीले पार्टीका कार्यकर्ता सदैव सत्यको पक्षमा उभिनुपर्ने बताए ।

केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले कम्युनिष्ट पार्टी अझै पनि एकढिक्का भएर अगाडि बढ्नुपर्ने र त्यसको विकल्प भनेको संसद् पुनःस्थापना भएको उल्लेख गरे ।

केन्द्रीय सदस्य एवं पूर्वमन्त्री आशा कोइरालाले संसद् पुनःस्थापनाको विरोधमा सबै दलबीच संयुक्त आन्दोलनको खाँचो रहेको बताएका थिए ।

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार  ८ : १३ बजे

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था

कांग्रेस नेता आङ्देम्बेद्वारा सद्भाव र धार्मिक सहिष्णुताका लागि अपिल

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले देशको

राष्ट्रपतिले प्रधानमन्त्रीलाई भने : संयमतापूर्वक परिस्थिति साम्य पार्नुहोस्

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक दललगायत सबै पक्षलाई साथमा

राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे बालेन

काठमाडौं – प्रधानमन्त्री बालेन शाह राष्ट्रका नाममा सम्बोधन सम्पन्न गरेलगत्तै