प्रजातन्त्रको रक्षाको लागि राष्ट्रवादी आन्दोलन जरुरी : अध्यक्ष थापा « Khabarhub

प्रजातन्त्रको रक्षाको लागि राष्ट्रवादी आन्दोलन जरुरी : अध्यक्ष थापा


२४ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशको स्वतन्त्र अस्तित्व, प्रजातन्त्रको रक्षाको लागि देश बचाउने, देश बनाउने राष्ट्रवादी आन्दोलन जरुरी रहेको बताएका छन ।

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको उपत्यका स्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले यो आन्दोलन विदेशीका दबाब र प्रभावमा परेका विदेशीको पैसाले आन्दोलन र चुनाव गर्नेले यसको नेतृत्व गर्न नसक्ने वताउँदै यसको ढिलो चाँडो राष्ट्रवादी पार्टी राप्रपाले नै गर्ने जिकिर गरे ।

‘अशान्ति, अराजकताको वातावरण गुज्रिराखेको छ । ५२ सालमा माओवादीले आफ्नो निहित स्वार्थ परिपूर्ति गर्नको लागि हिंसात्मक गतिविधि गर्‍यो । त्यो गतिविधिले शैक्षिक क्षेत्र अस्तव्यस्त भयो, राम्रोसँग पढाइ हुन सकेन । संविधान बनेपछि देशमा शान्ति, स्थायित्व आउँछ भन्ने विश्वास लिएका जनता निराश हुन बाध्य भएका छन्’, अध्यक्ष थापाले कार्यक्रमलाई सम्बोधन गर्दै भने,’गरिवि, भ्रष्टाचार बढेर गएको छ, कुशासन, सर्वसत्तावाद, धर्मपरिवर्तन र लुटतन्त्र अहिले देशमा कायम भएको छ । अहिले बर्षको ५ लाख भन्दा बढि पासपोर्ट बनाएर अरबको मरुभुमि जान बाध्य भएका छन् ।’

उनले नेकपाभित्रको विवादले सिङ्गो देश बन्धक बनेको आरोप लगाए । उनले भने, ‘अहिले जुन संकट आएको छ जनताले होइन, अन्य दलले होइन दुई तिहाई बहुमत प्राप्त गरेको नेकपाकै कारण देश अराजकता र अस्थिरताको दलदलमा फसेको छ, जनतालाई बेइमानी र धोका भएको छ । ओली र प्रचण्डको नाटक र नौटङ्कीको प्रतिस्पर्धाले देशलाई दुर्घटना तर्फ धकेलिरहेको छ ।’

उनले देशको स्वतन्त्र अस्तित्व, प्रजातन्त्रको रक्षाको लागि, देश बचाउने, देश बनाउने राष्ट्रवादी आन्दोलन हुन जरुरी रहेको बताए । उनले हिंसा, अस्थिरता र अराजकताको अन्त्य गर्न, नाटक र नौटङ्कीलाई बढार्नको लागि समेत राष्ट्रवादी आन्दोलनको तयारी रहनु नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

कार्यक्रममा नेता दिपक बोहोरा, नेता विक्रम पाण्डे, श्याम तिमिल्सिना, विद्यार्थी संगठनका अध्यक्ष महेश बहादुर सिंह, पूर्व अध्यक्ष उज्वल पोखरेल लगायतले शुभकामना मन्तब्य राखेका थिए भने कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि राप्रपा प्रवेश गरेका थिए । कार्यक्रम उपाध्यक्ष एवं बागमति प्रदेश संयोजक शशि भण्डारीको सभापत्विमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार  ८ : ४६ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ