संविधानको रक्षा गर्दै कांग्रेसले परिवर्तनलाई संस्थागत गर्नुपर्छ : नेता महत | Khabarhub Khabarhub

संविधानको रक्षा गर्दै कांग्रेसले परिवर्तनलाई संस्थागत गर्नुपर्छ : नेता महत


२४ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा रामशरण महतले भण्डै दुईतिहाईको मत प्राप्त सरकारले पार्टीको आन्तरिक कलहका कारणले संसद् विघटन गर्नु दुःखद भएको बताएका छन ।

नेपाली कांग्रेसका शुभेच्छुक सस्थाद्वारा संयुक्त रुपमा वीरगञ्जको घण्टाघरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले संसद् विघटनले मुलुकमा आर्थिक, सामाजिक र राजनीतिक संकट सिर्जना भएको आरोप लगाए ।

नेता महतले अब कांग्रेस पार्टीलाई सबै नागरिकको भरोसाको केन्द्र बनाउन आवश्यक रहेको बताउँदै कांग्रेसले संविधानको रक्षा गर्दै ७० वर्षदेखिको परिवर्तनलाई समेत संस्थागत गर्न सक्नुपर्नेमा जोड दिए ।

नेपाल ट्रेड युनियन कांग्रेस पर्साका अध्यक्ष छोटेलाल साहको अध्यक्षतामा सम्पन्न भएको सभामा कांग्रेस पर्सा अध्यक्ष अजय द्विवेदीले मुलुकमा बढ्दै गएको अपराध, महँगाई, भ्रष्टाचारलाई नियन्त्रण गर्न सरकार चुकेको आरोप लगाए ।

यसअघि नेपाली कांग्रेसका शुभेच्छुक संस्थाहरूले प्रतिनिधिसभा विघटनविरुद्ध आज वीरगञ्जको घण्टाघर चोकबाट निकालिएको विरोध जुलुस नगरको विभिन्न भागको परिक्रमा गरी पुनः घण्टाघर पुगेर सभामा परिणत भएको थियो ।

नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल शिक्षक संघ, नेपाल निजामती कर्मचारी युनियन संघ र नेपाल प्रेस युनियनलगायतका शुभेच्छुक संस्थाहरूको आह्वानमा नगर प्रदर्शन गरिएको थियो । प्रदर्शनमा सहभागीहरूले प्रतिनिधसभा पुनः स्थापना गर, संवैधानिक सर्वोच्चता कायम गर र भ्रष्टाचार अन्त्य गरजस्ता नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार  ९ : ११ बजे

म्याग्दीमा नवौँ मुनसन कप सुरु

म्याग्दी– तीज पर्वका अवसरमा नवौँ मुनसन कप फुटबल प्रतियोगिता सुरु

भियतनामका उपराष्ट्रपतिको भ्रमणले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा

-सिबी अधिकारी/रासस उच्च आर्थिक वृद्धिदर भएको मुलुक भियतनाम र विकासशील

रविबारे पूर्वराष्ट्रपतिले बोल्दै नबोलेको कुरा मनिष झाले प्रचार गरिदिएको भंगालको गुनासो

काठमाडौं- पूर्वराष्ट्रपति तथा नेकपा (एमाले)की पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीले आफूसँग

भोटेकोशीमा बोलेरो खस्दा चालकसहित दुईजना बेपत्ता

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ हिन्दीमा मंगलबार बोलेरो दुर्घटना हुँदा दुईजना

वीरगञ्जमा हैजा : १० नमूनामध्ये आठमा सङ्क्रमण

वीरगञ्ज– वीरगञ्जमा हैजाको आशङ्कामा १० बिरामीको नमूना परीक्षण गर्दा आठमा