कोरोना भाइरसपछि युद्धोत्तर अर्थनीति | Khabarhub Khabarhub

कोरोना भाइरसपछि युद्धोत्तर अर्थनीति



कोरोना भाइरसका कारण अर्थतन्त्रमा कति प्रभाव पर्‍यो भन्ने विषयमा विश्व अझै अवगत छैन । हामीले भाइरसबाट संक्रमण भएका र मृत्यु भएका मानिसको तथ्यांक राख्दै गर्दा अर्थतन्त्रमा आउन सक्ने प्रभावका विषयमा भने यकिन हुन सकिएको छैन ।

भाइरसका कारण रोजगारी गुमाएका मानिसलाई जीवन धान्न मुश्किल भएको छ । महामारीपछि पनि सार्वजनिक स्वास्थ्यको क्षेत्रमा सुधार नआएका विकासशील देशमा त्यस्तो प्रभाव अझ बढी देखिएको छ ।

महामारीले प्रमुख अर्थतन्त्रमा सन् २००८ को विश्व आर्थिक मन्दीको तुलनामा हालसम्म चार गुणाले नकरात्मक प्रभाव पारेको छ । सन् २०२० को दोस्रो त्रैमासिकमा संयुक्त राज्य अमेरिकाको कुल गार्हस्थ उत्पादनमा ९ दशमलव १ प्रतिशतको गिरावट आयो, जहाँ सन् २००९ को सोही अवधिमा २ प्रतिशतको गिरावट आएको थियो । युरोपियन युनियनको अर्थतन्त्रमा ११ दशमलव २ प्रतिशतको गिरावट आयो जुन अमेरिकाको भन्दा खराब अवस्था हो ।

धेरै जस्तो विकासशील देशको अर्थतन्त्र युद्धको समयमा जस्तै धराशयी अवस्थामा पुगेको छ । त्यसैले आगामी दिनको योजना बनाउँदा होस् अथवा पुनःसंरचनाका काम गर्दा, युद्धपछिको जस्तै नीति लिनुपर्नेछ ।

जी–२० देशले विश्व अर्थतन्त्रमा आएको गिरावटलाई ध्यानमा अर्थतन्त्रको उत्थानका लागि राख्दै ७ दशमलव ६ बिलियन अमेरिकी डलर (अझ बढ्दो क्रममा छ) खर्च गरिसकेका छन् । विश्वका अग्रणी केन्द्रीय बैंकहरूले पनि अर्थतन्त्रको उत्थानका लागि खर्च गरिरहेका छन् । अमेरिकाको संघीय रिजर्व बैंकले सन् २००८ को विश्व आर्थिक मन्दीपछि अर्थतन्त्र पुनर्उत्थान गर्न सात सय बिलियन अमेरिकी डलर खर्च गरेको थियो ।

हाल उसले व्यापार व्यवसाय लगायत वित्तीय बजारलाई सहयोग गर्न २ दशमलव ३ ट्रिलियन अमेरिकी डलर खर्च गरेको छ । यसले धेरै व्यवसायलाई पुनःजीवन दिएको छ । रेस्टुरेन्टका कामदार हुन् अथवा साना व्यवसायी सामाजिक सुरक्षा अन्तर्गत समावेश भएका व्यक्तिलाई बेरोजगार भत्ता प्रदान गरेको छ ।

धेरै जसो विकासशील देशको अर्थतन्त्र युद्धको समयमा जस्तै धराशयी अवस्थामा पुगेको छ । यसैले आगामी दिनको योजना बनाउँदा होस् अथवा पुनःसंरचनाका काम गर्दा, युद्धपछिको जस्तै नीति लिनुपर्नेछ ।

धनी देशले आफ्नो अर्थतन्त्रको पुनर्उत्थान गर्न ल्याएको कार्यक्रमले साना तथा विकासशील देशको अर्थतन्त्रमा पारेका नकारात्मक प्रभावका विषयमा बहस भएको छैन । महामारीअघि पनि यी विकासशील र गरीब देश ठूलो मात्रामा ऋण, कम वृद्धिदर, जलवायु परिर्वतन सम्बन्धी समस्या लगायतका विषयबाट प्रभावित थिए । यस्तो प्रभावका कारण अति मुश्किल घडीका लागि उनीहरूसँग पर्याप्त तयारी थिएन ।

ठूलो अर्थतन्त्र भएको देशले आफ्नो वित्तीय नीति खुकुलो बनाउँदा साना तथा विकसित देश त्यसको मारमा परेका छन् । जसका कारण निर्यात प्रतिस्पर्धा, विदेशी लगानी, मुद्रास्फीति र आर्थिक स्थिरता गुमाउन पर्ने अवस्था आउन सक्छ । साना देश विशेष गरी अनौपचारिक अर्थतन्त्रमा भर पर्छन् । सामग्रीको निर्यात, पर्यटन, विप्रेषण उनीहरूको अर्थतन्त्रको आधार हो । यी सबै क्षेत्र महामारीको प्रभावमा परेका छन् । मूल्यमा आएको गिरावट र ठूला अर्थतन्त्रले आफ्नो अर्थतन्त्र सुधार गर्न गरेको खर्चका कारण इक्वेडर, नाइजेरिया जस्ता देशको अर्थतन्त्र बाँच्नै नसक्ने अवस्थामा पुगेको छ ।

सानो अर्थतन्त्र भएको देशका गरिब मानिस घरबाट काम गर्न सक्ने अवस्था छैन । काम नगरी खान पाउने स्थिति छैन । धेरै जसो विकासशील देशका लागि भाइसर आफैँले भन्दा भाइरसपछिको महामारीले अर्थतन्त्रमा ल्याएको नकारात्मक प्रभाव ठूलो समस्या भएको छ ।

धनी देशका नीतिका कारण गरिब देशमा खानाको मूल्यमा वृद्धि भएको छ । विकशित देशका सुपर मार्केटमा आवश्यक समान पर्याप्त मात्रामा भण्डार गरिँदा विकासशील देशका करिब सात सय मिलियन मानिस चरम भोकमारीको अवस्थामा पुगेका छन् । जसमा १३० मिलियन मानिस महामारीपछि भोकमारीको अवस्थामा पुगेका हुन् । युगान्डामा मार्चयता खाद्यान्न सामग्रीमा १५ प्रतिशतले मूल्य वृद्धि भएको छ । मानिसले अस्वस्थ र कम खाना खानुपरेको रिपोर्ट सार्वजनिक भएको छ । यो समस्या भविष्यमा थप रोगको कारण हुनसक्छ ।

सानो अर्थतन्त्र भएको देशका गरिब मानिस घरबाट काम गर्न सक्ने अवस्था छैन । काम नगरी खान पाउने स्थिति छैन । धेरै जसो विकासशील देशका लागि भाइसर आफैँले भन्दा भाइरसपछिको महामारीले अर्थतन्त्रमा ल्याएको नकारात्मक प्रभाव ठूलो समस्या भएको छ ।

गएको ६ महिनामा मात्रै गरिबी निवारणका लागि दशकौँ गरिएको प्रयास खेर गएको छ । सन् १९९० देखि २०१७ सम्म विश्वभर गरिबीको रेखामुनि रहेका करिब दुई बिलियनको संख्याबाट ६८९ मिलियनमा झारिएको थियो ।

सन् १९९८ यता महामारीका कारण यो संख्यामा फेरि वृद्धि भएको छ । करिब १४० मिलियन मान्छे यो वर्षमात्रै गरिबीको रेखामुनि आउन सक्छन् । यसमा दक्षिण एसिया र अफ्रिका सबैभन्दा बढी प्रभावित क्षेत्र हुनेछन् ।

जी–२० देशले अर्थतन्त्र उकास्न गरेको खर्चको ३ प्रतिशतमात्रै यो क्षेत्रमा खर्च गर्ने हो भने तत्काललाई यो समस्या समाधान हुन्छ । जी–२० देशले आफ्ना नागरिकसँग स्वेच्छिक हिसाबमा उठाएको मानवीय सहायता करबाट २३० बिलियन अमेरिकी डलर संकलन भएको छ । यो रकमले ग्रामीण क्षेत्रको भोकमारी निर्मूल गर्नका लागि संरचना र प्रविधि निर्माणमा खर्च गर्न सकिन्छ ।

उदाहरणका लागि यदि दस वर्षसम्म दस बिलियन अमेरिकी डलरका हिसाबले गुणस्तरीय बाटो र भण्डारण क्षमता वृद्धि गर्न खर्च गर्ने हो भने करीब ३४ मिलियन मानिसलाई भोकमरीको अवस्थाबाट बाहिर निकाल्न सकिन्छ ।

वैदेशिक सहायता लगानी गर्ने ‘स्मार्ट’ तरिका हो तर यसका लागि आवश्यक पर्ने राजनीतिक प्रतिबद्धताको हाल अभाव छ । अमेरिका विश्वमा नै सबैभन्दा धेरै स्वास्थ विकासका क्षेत्रमा सहयोग गर्ने देश हो । तर, हाल अमेरिकाले उसका नागरिकको प्रयोगका लागि मात्रै कोरोना भ्याक्सिन बनाइरहेको छ । त्यसका लागि करिब दस बिलियन अमेरिकी डलर औषधि कम्पनीमा लगानी गर्दैछ । बेलायतले पनि यो वर्ष आफ्नो वैदेशिक सहायतामा ३ दशमलव ९ बिलियन कम गर्‍यो । यस्तो नीतिले विकासशील देशलाई असर पार्नेछ ।

सन् २००३ मा अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसले अफ्रिकामा एचआइभी एड्ससँग लड्न राष्ट्रपति राहत कोष स्थापना गरे । यसका लागि उनले ८५ बिलियन अमेरिकी डलर छुट्याएका थिए । उक्त कार्यक्रमले हालसम्म १८ मिलियन मान्छेको ज्यान जोगाएको छ । त्यो कार्यक्रमले स्थानीयस्तरमा स्वास्थ्य संरचना निर्माणमा पनि सहयोग गर्‍यो । बोत्स्वाना जस्ता देशमा त्यही स्वास्थ संरचनाले कोरोना महामारीसँग लड्न सहयोग पुर्‍याएको छ ।

दोस्रो विश्व युद्धपछि पश्चिम युरोपको पुनर्निर्माण गर्न अमेरिकाले मार्सल प्यानको व्यवस्था गर्‍यो । हामीलाई अहिले त्यस्तै योजनाको आवश्यकता छ । जुन योजना पनि योजना कोरोना महामारीका कारण बढी प्रभावित भएका देशलाई लक्षित गरेर ल्याउनुपर्छ । विश्वलाई आवश्यक रहेको पुनर्निर्माण र त्यसको चुनौती बुझ्नु आजको आवश्यकता हो ।

(मैक्सिमो टोरो संयुक्त राष्ट्रसंघ अन्तर्गतको कृषि तथा खाद्यान्न संस्थाका प्रमुख अर्थशास्त्री हुन् । डिसेम्बर १४, २०२० मा द वर्ड इकनोमिक फोरममा प्रकाशित उनको यो लेख खबरहबका लागि पुरुषोत्तम पौडेलले भावानुवाद गरेका हुन् ।)

प्रकाशित मिति : २५ माघ २०७७, आइतबार  ८ : २५ बजे

‘नेतृत्व सचेत नभए अब सिस्टमबाहिरबाट नेतृत्व आउँछ’

हुन त अहिले हामीसँग संविधान छ, सरकार छ । हामी

कोदोखेतीले धानेको खोरियागाउँ

सिरहा– मिर्चैया बजारबाट १० किलोमिटर उत्तरपट्टि चुरेको फेदमा अवस्थित छ

तपाईंलाई थाहा छ, कुन कपडा तातोपानीले धुनु हुँदैन ?

‍काठमाडौं– मौसम परिवर्तनसँगै जाडोयाम भित्रिसकेको छ। जाडोयाम छिप्पिँदै जाँदा पानी

ईशनाथ नगरपालिका –१ का वडाध्यक्ष साहको निधन

चन्द्रपुर– मिर्गौलापीडित ईशनाथ नगरपालिका–१ का वडाध्यक्ष बिगु साहको उपचारका क्रममा

छुर्पीको गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने

काठमाडौं– छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्ड मन्त्रिपरिषद्बाट स्वीकृतिका लागि प्रस्ताव लैजान