पत्रकार थापाको हत्यामा संलग्न फरार अभियुक्त १६ वर्षपछि पक्राउ « Khabarhub

पत्रकार थापाको हत्यामा संलग्न फरार अभियुक्त १६ वर्षपछि पक्राउ


२५ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैलेख– द्वन्द्वकालमा तत्कालीन माओवादीबाट मारिएका दैलेखका पत्रकार डेन्द्रराज थापाको हत्यामा संलग्न फरार एक अभियुक्त १६ वर्षपछि पक्राउ परेका छन ।

जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरी टोलीले पत्रकार थापाको हत्यामा संलग्न फरार महाबु गाउँपालिका–६ का ६८ वर्षीया जयबहादुर शाहीलाई पक्राउ गरेको हो ।

जिल्ला अदालत दैलेखबाट दुई वर्ष कैद सजाय तोकिएका शाहीले पूर्वपक्षका लागि १ वर्ष ७ महिना १ दिन सजाय भुक्तान गरिसकेका र बाँकी सजाय दिलाउन कारागार चलान गरिएको दैलेखका प्रहरी प्रमुख अनुप श्रेष्ठले जनाए।

शाहीले १ वर्ष ७ महिना १ दिन कैद भुत्तान गरी ​बन्दीप्रत्यक्षीकरणमा परेका कारण अदालतको फैसला ढिला आएपछि थुनामुक्त भई फरार थिए।

माओवादीले हत्या गरेपछि पत्रकार थापाकी श्रीमती लक्ष्मीले जिल्ला प्रहरी कार्यालय दैलेखमा २०६५ भदौ ५ गते ९ जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन्।

प्रकाशित मिति : २५ माघ २०७७, आइतबार  ९ : १७ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

आज २०८२ साल पुस ९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य