ओलीको ‘पतन निश्चित’ छ, बादल फर्किन्छन् : अध्यक्ष दाहाल « Khabarhub

ओलीको ‘पतन निश्चित’ छ, बादल फर्किन्छन् : अध्यक्ष दाहाल


२५ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘पापी मान्छे’को संज्ञा दिएका छन् ।

आइतबार योहो टेलिभिजनमा जीवराम भण्डारीसँग ‘सत्य संवाद’मा कुरा गर्दै उनले यस्तो टिप्पणी गरेका हुन ।

उनले आफूहरूले प्रधानमन्त्री ओलीलाई बेलैमा सुधार्न नसकेको समेत टिप्पणी गरे । प्रधानमन्त्री ओलीले आफूहरूसँग प्रतिस्पर्धा गर्न नसक्ने बताए।

उनले गृहमन्त्री रामबहादुर थापा बादल केही समयपछि आफ्नो समूहमा फर्किने आशा व्यक्त गरे ।

यस्तै पछिल्लो राजनीतिक घटनाक्रमको आफूले नैतिक जिम्मेवारी लिने उनले बताए । उनले आफूहरूबाट पनि केही कमि कमजोरी भएको स्वीकारे ।

लोकतन्त्र र शान्तिका निम्ति कांग्रेस र जनता समाजवादी पार्टीसँग सहकार्य रहने तर्क गर्दै उनले आफू प्रधानमन्त्री नबन्ने दाबी गरे । उनले भने, ‘लोकतन्त्र र संविधान रक्षाका लागि कांग्रेस सभापति देउवालाई नेतृत्व लिनुस् भनिसकेका छौँ ।’

पछिल्ला क्रियाकलापले ओलीको चाँडै पतन ‘निश्चित’ भएको उनले बताए ।

हेरौँ भिडियो

प्रकाशित मिति : २५ माघ २०७७, आइतबार  १० : ३९ बजे

साउदी राजधानी रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अवरूद्ध

रियाद- साउदी अरबको राजधानी रियादको अन्तर्राष्ट्रिय विमानस्थल नजिक शनिबार कालो

सुनसरीको देवानगञ्जमा गोली चल्दा घाइते भएका यादवको विराटनगरमा उपचार जारी

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिकामा गोली चल्दा एक जना घाइते भएका

संविधान दिवसका अवसरमा साइकल र्‍याली

काठमाडौं- संविधान दिवसको अवसर पारेर बाढीपहिरो प्रभावितको सहयोग तथा वातावरण

अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान

काठमाडौं- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायीलाई

एनपीएलको खेल तालिका सार्वजनिक

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको