प्रिमियर लिगमा लिभरपुलको लज्जासप्पद हार « Khabarhub

प्रिमियर लिगमा लिभरपुलको लज्जासप्पद हार


२६ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा साविक बिजेता लिभरपुलले लज्जास्पद हार व्यहोरेको छ ।

आइतबार राति भएको खेलमा सिटीले लिभरपुललाई ४-१ गोल अन्तरले पराजित गरेको छ।

लिभरपुलको मैदानमा सिटीलाई जित दिलाउन इल्के गुण्डोगानले दुई गोल गरे । रहिम स्ट्रर्लिङ र फिल फोडेनले एक एक गोल गरे । लिभरपुलका मोहमद सलाहले एक गोल फर्काए ।

जितसंगै सिटीले २२ खेलमा ५० अंक जोडेको छ । शीर्ष स्थानको सिटीले उपाधि होड समेत बलियो बनाएको छ ।

उसले म्यानचेस्टर युनाईटेडविरुद्ध ५ अंकको अग्रतासमेत बनाएको छ ।

लिभरपुलले भने २३ खेलमा ४० अंक जोडेको छ । चौथो स्थानको लिभरपुल सिटी भन्दा १० अंकले पछि रहेको छ ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  ६ : २५ बजे

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु

दाङ – लमहीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको