लागुऔषध कारोवारीको नयाँ रोजाई  झापाको गौरीगञ्ज नाका | Khabarhub Khabarhub

लागुऔषध कारोवारीको नयाँ रोजाई  झापाको गौरीगञ्ज नाका


२६ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- लागुऔषध कारोवार उच्च हुने गरेको झापामा कारोवारीहरुले नयाँ नयाँ नाका उपयोग गर्ने गरेको पाईएको छ ।

भारतको पश्चिम बंगालसँग सिमाना जोडिएको काकरभिट्टा पूर्वी नेपालकै मुख्य नाका हो । अन्य व्यवसायीक कारोवारसँगै लागुऔषधको कारोबारसमेत यसै नाकाबाट हुने गरेको थियो ।

तर, कोरोना भाईरसको महामारीका कारण काँकरभिट्टा नाकाबाट व्यावसायिक कारोबार न्युन हुँदै आएको छ । सुरक्षाकर्मीको निगरानी लागुऔषध कारोवारीमाथि बढेपछि कारोवारीले काँकरभिट्टाको विकल्प खोज्न थालेका हुन् ।

गौरीगञ्ज नयाँ विकल्प

लागुऔषध कारोवारीहरुले पूर्वी नाका काँकरभिट्टाको विकल्पमा गौरीगञ्ज उपयोग गर्न थालेका छन् । गौरीगञ्ज भारतको बिहारसँग जोडिएको नाका हो ।

जिल्लाका पूर्वी नाकाको सट्टामा जिल्लाकै पश्चिम दक्षिणी नाकालाई लागुऔषध कारोवारीहरुले नयाँ विकल्पको रुपमा उपयोग गर्न थालेको प्रहरीले जनाएको छ ।

केहि समयअघि सम्म जिल्लाका मुख्य सहरी क्षेत्रहरु काँकरभिट्टा, विर्तामोड, दमकलगायतका क्षेत्रमा लागुऔषध कारोवारीहरुको संख्या उच्च रहने गरेको थियो । तर. केही समययता जिल्लाको पश्चिमी क्षेत्र दमक–गौरीगञ्ज करिडोरका ग्रामिण क्षेत्रमा समेत लागुऔषध प्रयोगकर्ताहरु भेटिन थालेका छन् ।

गिरोह पक्राउ

कारोवारीहरुले गौरीगञ्ज नाकालाई नयाँ विकल्पको रुपमा प्रयोग गर्न थालेसँगै सुरक्षाकर्मीले पनि निगरानी बढाएको छ । यसैक्रममा ईलाका प्रहरी कार्यालय गौरीगञ्जको टोलीले लागुऔषधको कारोवारमा संलग्न गिरोहलाई पक्राउ गरेको छ ।

गौरीगञ्ज– ३ पानी ट्यांकीबाट झापाकै गौरादह नगरपालिक-२ का २५ वर्षीय मन्दिस अधिकारीलाई शंकास्पद ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनको साथबाट बदलिएको स्वरुपको ब्राउन सुगर ५५० मिलिग्रामसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । यस्तै गौरीगञ्ज ३ बाटै मोरङ पथरीशनिश्चरे नगरपालिका-१ का २८ वर्षीय मुकेश बर्देवासमेत पक्राउ परेका छन् । उनको साथबाट पनि लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो रङ्गको लिसाईलो पदार्थ २ ग्राम ५०० मिलिग्राम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता राकेश थापाले जानकारी दिएका छन् ।

सोही ठाउँबाटै मोरङ पथरी शनिश्चरेकै २७ वर्षीय दिलिप कार्की र  सुजन लिम्बूलाई समेत  १ ग्राम ८०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको थापाले जानकारी दिए ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  १ : १० बजे

उपाधि जित्न हैदरावादले कोलकातालाई दियो ११४ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) २०२४ को फाइनलमा अहिले

शैक्षिक अवस्था सुधारका लागि अभिमुखीकरण कार्यक्रम

सुन्दरहरैचा – मोरङमा शैक्षिक अवस्था सुधारका लागि सञ्चालन गरिएको अभिमुखीकरण

‘खुस्मा’को छायांकन सम्पन्न

काठमाडौं । अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको

नेपालमा ८ सय ४९ विदेशी नर्स कार्यरत

काठमाडौं – नेपालमा ८ सय ४९ विदेशी नर्स कार्यरत रहेको

फिल्म ‘लण्डन टू पेरिस’ को ट्रेलर सार्बजनिक

काठमाडौं । यही जेठ २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको