प्रधानमन्त्रीको पक्षका वकिलले धेरै समय लिएपछि रिसाए प्रधानन्यायाधीश जबरा | Khabarhub Khabarhub

प्रधानमन्त्रीको पक्षका वकिलले धेरै समय लिएपछि रिसाए प्रधानन्यायाधीश जबरा


२६ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  प्रतिनिधसभा विघटनविरूद्धको रिटमा आज पनि सुनुवाइ जारी छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट आजको बहस सुरू गरेका ईश्वरी भट्टराईले आधा घण्टाभन्दा धेरै समय लिएपछि प्रधानन्यायाधी चोलेन्द्र शमशेर जबरा रिसाएका छन् ।

छिटो फैसला दिने उद्देश्यसहित माघ ३० भित्र बहस सक्न सरकारी पक्षलाई आग्रह गरेका जबराले १५ मिनेटको समय छुट्याएका छन् ।

तर, ३१ मिनेटमा पनि अधिवक्ता भट्टराईले बहस नसकेपछि उनले रिसाउँदै ‘हाम्रो बाध्यता बुझ्नु हुँदैन’ भन्दै प्रश्न गरेका छन् । साढे ११ मा बहस सुरु गरेका भट्टराईले ३१ मिनेटभन्दा बढी समय लिएपछि  प्रधानन्यायाधीश जबराले भने, ‘१५ मिनेट भनेको धेरै बोल्नुभयो, तपाईँको समय धेरै गइसक्यो जानुहोस् । अब छोडिदिनुहोस् न ।’

यसअघि आइतबार महान्यायाधिवक्तासहित १० सरकारी वकिलले बहस सकेपछि प्रतिनिधसभा विघटनको पक्षमा बहस गर्न  सरकारका पक्षबाट निजी कानुन व्यवसायीले बहस थालेका छन् ।  विघटनको पक्षमा सरकारका तर्फबाट डेढ सय बढी निजी वकिलले बहस गर्नेछन् ।

१३ निवेदकका पक्षबाट ७२ कानुन व्यवसायीले १३ दिन बहस गरेका थिए ।

प्रधानन्यायाधीश जबराको नेतृत्वमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरूद्धको रिटको सुनुवाइ गरिरहेको छ ।

 

 

 

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  १२ : ५६ बजे

महिला विश्वकपमा ४८ टोलीले सहभागिता जनाउने

काठमाडौं – सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोलीको सहभागिता

अन्नपूर्ण चक्रीय पदमार्ग : विश्व पर्यटकको आकर्षक गन्तव्य (तस्बिरहरू)

काठमाडौं– अन्नपूर्ण चक्रीय पदमार्ग अन्नपूर्ण क्षेत्रका सुन्दर पहाड लगायत त्यस

‘युद्धमा सबैभन्दा पहिले सत्य मर्छ’

कल्पना गर्नुहोस्, कति मूर्ख हुनुपर्छ दुई आणविक शक्ति सम्पन्न देशबीच

आजका लागि फलफूल तथा तरकारीको मूल्य यस्तो छ

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि