२४ घण्टामा १३० कोरोना संक्रमित थपिए, १९४ डिस्चार्ज | Khabarhub Khabarhub

२४ घण्टामा १३० कोरोना संक्रमित थपिए, १९४ डिस्चार्ज


२६ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ५५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १ हजार ७४४ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप १९४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६८ हजार २६६ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम आइसोलेसनबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २०४५ पुगेको छ ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  ५ : १२ बजे

डोल्पाको लिकु पोषणमैत्री स्वास्थ्य संस्था घोषित

डोल्पा– डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– १० स्थित लिकु स्वास्थ चौकीलाई पोषणमैत्री

युरो र पाउण्ड बढ्यो : शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल मंसिर १५ गते शनिबार सन्

यी क्षेत्रमा आज चार घण्टा बिजुली काटिने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा आज विद्युत् कटौती

उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना

काठमाडौं- जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एनपिएल उद्घाटन खेलमा आज जनकपुर र विराटनगरको भिडन्त

काठमाडौं – राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा सर्वाधिक चर्चा बटुलेको नेपाल प्रिमियर