कोरोनाको प्रभाव : प्रदेश–२ को विकास खर्च कछुवा गतिमा « Khabarhub

कोरोनाको प्रभाव : प्रदेश–२ को विकास खर्च कछुवा गतिमा


२७ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रदेश २ मा कोरोनो प्रभावले विकास निर्माणमा असर परेको छ । कोभिड १९ का कारण लामो समय भएको बन्दाबन्दीले बजेट खर्च सुस्त गतिमा भइरहेको छ ।

प्रत्येक वर्ष असारे विकास गरी बजेट सकाउँदै आएका प्रदेश २ सरकारले यसवर्ष कोरोनाको बहाना देखाउँदै कछुवा गतिमा बजेट खर्च गरिरहेका छन् ।

कोरोनाको प्रभावले प्रदेश सरकारले ६ महीनामा करिब ९ प्रतिशत बजेट मात्र खर्च गरेका छन् । चालू आर्थिक बर्ष २०७७/७८ को ६ महीनामा बितिसकेपनि सरकारको बजेट खर्चले गति लिन सकेको छैन् ।

महत्वाकांक्षी नीति तथा कार्यक्रम प्रस्तुत गरेर बजेट छुट्टयाएको प्रदेश २ सरकारले काम अगाडि बढाउन नसक्दा यस पटक पनि बजेट न्यून खर्च हुने र धेरै बजेट फ्रिज हुने सम्भावना बढेको छ ।

प्रदेश सरकारले कुल विनियोजित बजेटमा साउनदेखि पुससम्म मात्र ९ दशमलव ३ प्रतिशत बजेट खर्च गरेको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव काशीराज दहालले जानकारी दिए । उनका अनुसार साउनदेखि पुससम्म खर्च भएको यो प्रतिशत प्रदेश सरकारले खर्च गरेको जम्मा बजेट हो ।

प्रदेश सरकारले कुल विनियोजित बजेटको मध्ये पुस मसान्तसम्म ३ अर्ब २१ करोड ६३ लाख ४८ हजार एक सय २० रुपैयाँ जम्मा बजेट खर्चेको छ ।

चालूतर्फ १० दशमलव १२ प्रतिशत अर्थात १ अर्ब ५९ करोड ५६ लाख ४० हजार एक सय ३८ रुपैयाँ मात्रै खर्च गर्न सकेको उनले बताए ।

प्रदेश सरकारले पुँजीगततर्फ झन् न्यून बजेट खर्च गरेको देखिएको छ । पुँजीगत तर्फ सरकारले ८ दशमलव ४५ प्रतिशत अर्थात १ अर्ब ६२ करोड ८ लाख ७ सय ८३ रुपैयाँ खर्चेको छ ।

जबकी प्रदेश सरकारले पुँजीगत तर्फ १९ अर्ब १७ करोड ९८ लाख ९३ हजार रुपैयाँ र चालूतर्फ १५ अर्ब ३० करोड १० लाख ९८ हजार विनियोजन गरेको छ ।

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  ११ : २२ बजे

पर्यटनको सम्भावना बोकेको मुस्ताङको ‘झारकोट’ ओझेलमा

मुस्ताङ– मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको

एमाले महाधिवेशन : दिउँसो चार बजेपछि विद्युतीय मतदान, कहिले आउँछ परिणाम ?

काठमाडौं – नेकपा (एमाले)को नयाँ नेतृत्व चयनका लागि मंगलबार मतदान

निर्णायक घडीमा प्रदीप ज्ञवालीको अपिल : ओली नेतृत्वको टोलीलाई जिताऔँ

काठमाडौं– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा

शुक्लाफाँटाको बन्साहमा बहुलाहा कुकुरको आतङ्क

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहमा दुई दिनदेखि बहुलाहा कुकुरको आतङ्क

स्थानीयको पहलले भोजपुरमा ‘पेमा छ्योलिङ गुम्बा’ निर्माण

भोजपुर– स्थानीयवासीको पहल, श्रम र आर्थिक सहयोगबाट भोजपुर सदरमुकाम नजिकैको