क्यान्सरपीडित बालबालिकालाई सहयोग गर्न लुगा बेच्दै रणवीर « Khabarhub

क्यान्सरपीडित बालबालिकालाई सहयोग गर्न लुगा बेच्दै रणवीर


२७ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एजेन्सी)–बलिउड अभिनेता रणवीर कपूर र अभिनेत्री आलिया भट्ट फिल्म उद्योगकै सुन्दर जोडी मानिन्छन् । पछिल्लो समयमा प्रेममा रहेका यो जोडी कहिले विवाह गर्छन् भन्ने कौतुहलता उनीहरुको फ्यानमा दिनानुदिन बढ्दो छ । तर उनीहरुले यो वर्ष विवाह नगर्ने बताइसकेका छन् ।

अहिले यो जोडी पुनः एकपटक चर्चामा आएका छन् । अभिनेत्री आलियाले सामाजिक सन्जालमार्फत रणवीरले मंगलबारबाट आफनो पहिरनहरु च्यारिटीका लागि बेच्ने तयारीमा रहेको जानकारी दिएकी छन् ।

‘रणवीरले आफ्नो पहिरन बिक्री गरेर जुन रकम प्राप्त गर्छन्, त्यो रकम क्यान्सर पीडित बालबालिकाको सहयोगका लागि प्रयोग गरिनेछ’, आलियाले आफ्नो इन्स्टाग्राम स्टोरीमा लेखेकी छन्, ‘पहिरनको बिक्री बुधबारबाट शुरु हुनेछ । यसबाट आउने रकम क्यान्सरपीडित बालबालिकाका लागि पोषण आहार किन्न खर्च गरिनेछ ।’

आलियाका अनुसार रणवीरको यो अभियानमा कडल्स फाउण्डेसनले सहयोग गर्नेछ । गत वर्ष रणवीरका अभिनेता पिता ऋषि कपूरको क्यान्सरकै कारण निधन भएको थियो । रणवीरको यो कामलाई आफ्नो पिता प्रति श्रद्धाञ्जली दिनका लागि गरिएको हुनसक्ने फिल्म वृत्तमा चर्चा छ ।

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  ११ : ४५ बजे

मोहम्मद सालाह टर्की जाने तयारीमा

काठमाडौँ – लिभरपुलका पूर्वविङ्गर मोहम्मद सालाह फ्रि ट्रान्सफरमा टर्किस क्लब

नागढुंगा–सिस्ने खोला सुरुङमार्ग : शिलान्यासदेखि उद्घाटनको तयारीसम्म (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ र धादिङलाई जोड्ने गरी निर्मित नागढुंगा–सिस्ने खोला सुरुङ

विश्वकपमा चम्किएका केप भर्डेका गोलकिपर भोजिन्हा चिलीको क्लबमा अनुबन्‍ध

काठमाडौँ – फिफा विश्वकप २०२६ मा उत्कृष्ट प्रदर्शन गर्दै चर्चामा

ढिस्कोले पुरिएर एक किशोरको मत्यु

दाङ– दाङको राजपुर गाउँपालिकामा ढिस्कोले पुरिएर एक किशोरको मृत्यु भएको

बैतडी ट्राफिक प्रहरीले संकलन गर्‍याे १२ लाख ९८ हजार राजस्व

सुदूरपश्चिम– बैतडी ट्राफिक प्रहरीले एक हजार ५०८ जना सवारी नियम