क्यान्सरपीडित बालबालिकालाई सहयोग गर्न लुगा बेच्दै रणवीर | Khabarhub Khabarhub

क्यान्सरपीडित बालबालिकालाई सहयोग गर्न लुगा बेच्दै रणवीर


२७ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एजेन्सी)–बलिउड अभिनेता रणवीर कपूर र अभिनेत्री आलिया भट्ट फिल्म उद्योगकै सुन्दर जोडी मानिन्छन् । पछिल्लो समयमा प्रेममा रहेका यो जोडी कहिले विवाह गर्छन् भन्ने कौतुहलता उनीहरुको फ्यानमा दिनानुदिन बढ्दो छ । तर उनीहरुले यो वर्ष विवाह नगर्ने बताइसकेका छन् ।

अहिले यो जोडी पुनः एकपटक चर्चामा आएका छन् । अभिनेत्री आलियाले सामाजिक सन्जालमार्फत रणवीरले मंगलबारबाट आफनो पहिरनहरु च्यारिटीका लागि बेच्ने तयारीमा रहेको जानकारी दिएकी छन् ।

‘रणवीरले आफ्नो पहिरन बिक्री गरेर जुन रकम प्राप्त गर्छन्, त्यो रकम क्यान्सर पीडित बालबालिकाको सहयोगका लागि प्रयोग गरिनेछ’, आलियाले आफ्नो इन्स्टाग्राम स्टोरीमा लेखेकी छन्, ‘पहिरनको बिक्री बुधबारबाट शुरु हुनेछ । यसबाट आउने रकम क्यान्सरपीडित बालबालिकाका लागि पोषण आहार किन्न खर्च गरिनेछ ।’

आलियाका अनुसार रणवीरको यो अभियानमा कडल्स फाउण्डेसनले सहयोग गर्नेछ । गत वर्ष रणवीरका अभिनेता पिता ऋषि कपूरको क्यान्सरकै कारण निधन भएको थियो । रणवीरको यो कामलाई आफ्नो पिता प्रति श्रद्धाञ्जली दिनका लागि गरिएको हुनसक्ने फिल्म वृत्तमा चर्चा छ ।

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  ११ : ४५ बजे

प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको वृद्धि

काठमाडौं– साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेपाल

बैतडीको सुर्नयामा ठेउलाबाट बालबालिका प्रभावित

बैतडी– सुर्नया गाउँपालिकाको वडा ७ र ८मा ठेउला सङ्क्रमण फैलिदा

वर्षाले विभिन्न राजमार्गका ६ स्थानमा सडक अवरुद्ध

काठमाडौं– वर्षापछिको बाढीपहिरोका कारण मंगलबार विभिन्न राजमार्गका ६ स्थानमा सडक

मुस्ताङ प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै

मुस्ताङ– उत्तरदक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक यातायात सहज भएसँगै

कालीगण्डकी करिडोर सडक अझै खुलेन

गुल्मी– पहिरोका कारण अवरुद्ध भएको कालीगण्डकी करिडोर सडक अझै सञ्चालन