प्रेम दिवसलाई १ करोड रुपैयाँको गुलाफको माग, ६० लाखको आयात « Khabarhub

प्रेम दिवसलाई १ करोड रुपैयाँको गुलाफको माग, ६० लाखको आयात



काठमाडौँ– प्रेम दिवस (प्रणय दिवस) फेब्रअरी १४ आउन ४ दिन बाँकी छ । यस दिन प्रेमी जोडीहरुले एक–अर्कालाई फूल, कार्ड र उपहार स्वरुप विभिन्न सामानहरु आदनप्रदान गर्ने चलन छ ।

सोही अवसरमा यस दिन करोडौं रुपैयाँको गुलाफको फूलको कारोवार समेत हुने गरेको छ ।

यस वर्षको पे्रम दिवसमा अनुमानित १ लाख २० हजार स्टिम गुलाफको फूलको माग रहेको फ्लोरिकल्चर एशोसियसन अफ नेपाल (फ्यान) ले जनाएको छ ।

एशोसियसनका अध्यक्ष कुमार कसजुका अनुसार माग हुने गुलाफमा डच रोज तथा कलकत्ते लोकल रोज रहेका छन् ।

‘यो नेपालभरीको अनुमानित बजार माग हो, काठमाडौँ उपत्यकामा मात्र करिब ७२ हजार स्टिम गुलाफ खपत हुने र बाँकी ४८ हजार स्टिम गुलाफ काठमाडौँ भ्याली बाहिरको शहरहरुमा खपत हुन्छ’ उनले भने ।

८० प्रतिशत आयात

नेपालमा मागअनुसार गुलाफको उत्पादन हुन सकेको छैन ।

अन्य स–साना कार्यक्रम र सजावटका लागि नेपालकै उत्पादनले धाने पनि प्रेम दिवसका लागि भने हरेका वर्ष गुलाफको आयात बढ्दै गइरहेको छ ।

‘बजारको मागअनुसार २० प्रतिशत अर्थात् २४ हजार स्टिम मात्र आन्तरिक उत्पादनबाट र ८० प्रतिशत अर्थात् ९६ हजार स्टिम गुलाफको फूल आयात गर्नुपर्नेछ’ कसजुले खबरहबसँग भने ।

साथै फेब्रुअरी महिनामा पर्ने प्रेम दिवसको अवसरमा नेपालमा प्रतिकुल मौसम अर्थात जाडो सिजन हुने भएकाले यहाँका गुलाफको आन्तरिक उत्पादनमा कमी आएकाले आयात वर्षेनी बढेको उनले बताए ।

फूलको गुणस्तरअनुसार प्रति स्टिमको ६० देखि सय रुपैयाँसम्म मुल्य हुने उनले बताए ।

यसवर्षको प्रेम दिवसमा एकदेखि सवाँ करोडसम्मको फूलको कारोवार हुने फ्यानको अनुमान छ ।

गत वर्ष १ लाख २० हजार स्टिम गुलाफको फूल आयात भएको थियो भने यो वर्ष २४ हजार स्टिम घटेको छ ।

गत वर्ष प्रति स्टिम रु ८० देखि सय को हाराहारीमा २ लाख स्टिम गुलाफको कारोवार भएको थियो ।

नेपालमा चाडपर्व बाहेकको सामान्य दिनमा प्रति दिन सरदर ८ हजार स्टिम गुलाफको माग रहने गरेको छ भने ८० प्रतिशत आन्तरिक उत्पादनबाट र बाँकी २० प्रतिशत अन्य देशहरुबाट आयात हुने् गरेको छ ।

यद्यपी यस वर्षभने कोभिड १९ का कारणले उत्पादन तथा बजार मागमा ४० प्रतिशतले कमी आएको छ । कोरोनका कारण देश लकडाउन भएसँगै थला परेको पुष्प क्षेत्रमा व्यवसायीले प्रशस्त फूल फूलाउन सकेनन् ।

बजार चलायमान नभएको खण्डमा फूल फ्ँयाक्नु पर्ने स्थिति आउला भन्ने डर व्यवसायीमा अझैं कायमै छ ।

नेपालमा गुलाफ फूलको व्यावसायीक खेती मुख्य गरी काठमाडौँ उपत्यका भित्रको तीन जिल्ला, चितवन, काभ्रेपलाञ्चोेक रहेको छ भने अन्य जिल्लाहरुमा पनि गुलाफ फूलको व्यावसायीक खेती विस्तार हुने क्रममा रहेको छ ।

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  ११ : ५० बजे

इङ्ग्ल्यान्डलाई हराएपछि मेसीले भने : अर्को उत्कृष्ट खेल खेल्यौं

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले टोलीलाई लगातार दोस्रो पटक

फिफालाई अर्जेन्टिनाविरुद्ध छानबिन गर्न बेलायतको आग्रह

लन्डन – अर्जेन्टिनाका खेलाडीहरूले इङ्ल्यान्डलाई २–१ ले हराएपछि ‘लास माल्भिनास

आजदेखि बृहस्पति अस्त, शास्त्रीय आधारमा काम्य कर्म गर्न निषेध

काठमाडौं – बृहस्पति (गुरु) आजदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा

काठमाडौं – न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं – पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध विशेष