पिता राज कपूरसँग राजीवको यस्तो दुस्मनी ! « Khabarhub

पिता राज कपूरसँग राजीवको यस्तो दुस्मनी !


२७ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एजेन्सी)–बलिउड अभिनेता राजीव कपुरको मंगलबार ५८ वर्षको हृदयघातका कारण निधन भएपछि उनको पिता राज कपूरसँगको सम्बन्धबारे नयाँ कुरा सार्वजनिक भएको छ । फिल्म ‘राम तेरी गंगा मैली’का अभिनेता राजीवको यही फिल्मका कारण पिता राज कपुरसँग सम्बन्ध बिग्रिएको लेखक मधु जैनले आफ्नो पुस्तक ‘कपूरनामा’मा उल्लेख गरेका छन् ।

पुस्तकका अनुसार राजीवले सन् १९८३ मा रिलिज फिल्म ‘एक जान है हम’बाट बलिउडमा डेब्यू गरेका थिए । फिल्म रिलिज भए पनि उनको अभिनय करियरको रफ्तार अगाडि बढ्न सकेको थिएन । त्यहीकारण पिता राज कपूरले त्यसको दुई वर्षपछि फिल्म ‘राम तेरी गंगा मैली’बाट राजीवलाई पुनः प्रमुख अभिनेताका रुपमा अभिनय गराए । फिल्म सुपरहिट भएपछि यसको श्रेय राजीवको सट्टा फिल्मकी अभिनेत्री मन्दाकिनीले पाइन् । फिल्म चर्चित भएपछि राजीव पिता राज कपुरसँग असन्तुष्ट बने । त्यहीकारण बाबुछोराबीचको सम्बन्धमा खटपट शुरु भयो ।

यो फिल्म रिलिज पछि राज कपूर र मन्दाकिनीको मात्र चर्चा पायो । फिल्म हिट भए पनि राजीवले कुनै फाइदा लिन सकेनन् । यही फिल्मका कारण मन्दाकिनी रातारात स्टार भइन्, तर राजीवले करियरलाई अगाडि बढाउन सकेनन् । उनले यसको सबै दोष पिता राज कपूरमाथि नै लगाए ।

फिल्म ‘राम तेरी गंगा मैली’ पछि राज कपूरले राजीवलाई लिएर कुनै फिल्म बनाएनन् । त्यहीकारण राजीव पिता राजसँग रिसाएका थिए । राजीवले ‘लवर ब्वाई’, ‘हम तो चले परदेस’, ‘अंगारे’, ‘शुक्रिया’ जस्ता फिल्ममा अभिनय गरे पनि दाजु ऋषि कपुरको जस्तो पहिचान बनाउन सकेनन् । राजीव पितासँग यति साह्रो रिसाएका थिए कि राजको निधनपछिको अन्तिम संस्कारमा उनी उपस्थित भएनन् ।

 

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  ४ : २५ बजे

मोहम्मद सालाह टर्की जाने तयारीमा

काठमाडौँ – लिभरपुलका पूर्वविङ्गर मोहम्मद सालाह फ्रि ट्रान्सफरमा टर्किस क्लब

नागढुंगा–सिस्ने खोला सुरुङमार्ग : शिलान्यासदेखि उद्घाटनको तयारीसम्म (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ र धादिङलाई जोड्ने गरी निर्मित नागढुंगा–सिस्ने खोला सुरुङ

विश्वकपमा चम्किएका केप भर्डेका गोलकिपर भोजिन्हा चिलीको क्लबमा अनुबन्‍ध

काठमाडौँ – फिफा विश्वकप २०२६ मा उत्कृष्ट प्रदर्शन गर्दै चर्चामा

ढिस्कोले पुरिएर एक किशोरको मत्यु

दाङ– दाङको राजपुर गाउँपालिकामा ढिस्कोले पुरिएर एक किशोरको मृत्यु भएको

बैतडी ट्राफिक प्रहरीले संकलन गर्‍याे १२ लाख ९८ हजार राजस्व

सुदूरपश्चिम– बैतडी ट्राफिक प्रहरीले एक हजार ५०८ जना सवारी नियम