टिक टकमाथि भारतमा लगाइएको प्रतिबन्ध फुकुवा « Khabarhub

टिक टकमाथि भारतमा लगाइएको प्रतिबन्ध फुकुवा


१२ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


नयाँ दिल्ली– मनोरञ्जनात्मक चिनियाँ एप टिक टकमाथि भारतमा लगाइएको प्रतिबन्ध हटाइएको छ । मद्रास उच्च अदालतले बुधबार टिक टकमाथिको प्रतिबन्ध फुकुवा गरेको हो ।

भारतको सर्वोच्च अदालतको विशेष आदेशपछि मद्रास उच्च अदालतले टिक टकमाथि प्रतिबन्ध हटाएको हो ।

गत सोमबार भारतीय सर्वोच्च अदालतका प्रधानन्यायाधीश रञ्जन गोगोइ नेतृत्वको इजलाशले टिकटकमाथि लगाइएको प्रतिबन्धबारे छिटो फैसला गर्न नभए, तत्काल प्रतिबन्ध हटाउन उच्च अदालत मद्रासका नाममा आदेश जारी गरेको थियो ।

भारत लगाइएको प्रतिबन्धका कारण टिक टकको प्याटेन्ट राइट चिनियाँ कम्पनी बाइट डान्स टेकलाई दैनिक ५ लाख अमेरिकी डलर घाटा भइरहेको थियो ।

समाचार संस्था रोयटर्सका अनुसार चिनियाँ कम्पनी चिनियाँ कम्पनी बाइट डान्स टेकले गत शनिबार मात्रै अदालतलाई उक्त जानकारी दिएको थियो ।

मद्रास उच्च अदालतले ३ अप्रिलमा आदेश जारी गर्दै टिक टक एप डाउनलोड गर्न नमिल्ने बनाउन भनेको थियो । उच्च अदालतको तर्क थियो कि टिक टकले पोर्नोग्राफीलाई बढावा दिइरहेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहीबार  १२ : ५३ बजे

निर्वाचन प्रणाली सुधार गर्न संविधान संशोधन जरुरीः अध्यक्ष यादव

जनकपुर – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान

रास्वपामा कुलमानको वरीयता दोस्रो, तेस्रोमा धकेलिए बालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा कुलमान घिसिङले सभापति रवि लामिछानेपछिको वरीयता

सुदूरपश्चिम प्रदेश सरकारको खर्च आठ प्रतिशत

सुदूरपश्चिम– चालु आर्थिक वर्षको मङ्सिरसम्ममा सुदूरपश्चिम प्रदेश सरकारको कूल विनियोजित

रास्वपामा कसरी टिक्ला बालेनको स्वभाव ?

काठमाडौं– ०७९ बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रूपमा काठमाडौंको