डिप्रेसनले फेरियो आमिरपुत्रीको दिनचर्या « Khabarhub

डिप्रेसनले फेरियो आमिरपुत्रीको दिनचर्या


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एजेन्सी)– बलिउड अभिनेता आमिर खानकी छोरी इरा खान आफ्नो पिताझैं बोल्नमा निडर छिन् । उनी आफ्नो विचारहरु सार्वजनिक रुपमै राख्छिन् । हालै मात्र उनले सामाजिक आफ्नो मानसिक स्वास्थ्य संघर्षको बारेमा खुलेर कुरा राखेकी छन् ।

इराले पहिलोपटक तीन महिना अघि आफ्नो डिप्रेसनका बारेमा कुरा गरेकी थिइन् । उनी चार वर्षदेखि डिप्रेसनमा छिन् । डिप्रेसनमा परेपछि उनी निरन्तर रुपमा मानसिक स्वास्थ्यका विषयमा आफ्नो बुझाई भिडियोमार्फत अरुलाई सुनाउदै आएकी छन् । इराले आफ्नो युट्युब च्यानलमा हालसम्म तीनवटा भिडियो पोस्ट गरेकी छन् । उनले पहिलो भिडियोको शीर्षक ‘माई प्रिविलेज’ राखेकी छन् । उनी इन्स्टाग्राममा प्रायः अंग्रेजीमा आफ्नो शेयर गर्छिन् । त्यसपछि युट्युबमा हिन्दीमा डबिङ गरेर भिडियो अपलोड गर्छिन् ।

सामाजिक सन्जालमा उनको सक्रियता तिब्र छ । उनको फलोअर्स कुनै स्टारको भन्दा कम छैन । उनी हालै मात्र आफ्नो दाई जायनको विवाहमा देखिएकी थिइन् । उनले आफू डिप्रेसनमा परेकै कारणले पनि दाइको विवाहमा नक्कली मुस्कान देखाएको उल्लेख गरेकी छन् ।

दाइको विवाहपछि उनले एक भिडियो इन्स्टाग्राममा शेयर गरिन् । उनले डिप्रेसनमा परेर भए पनि जायनको विवाहमा सहभागिताको अनुभव कस्तो रह्यो भन्ने खुलाएकी छन् । ‘म आफ्नो मेन्टल हेल्थसँग जोडिएको भिडियो हरेक दिन सामाजिक सन्जालमा शेयर गर्न चाहन्थें । तर डिप्रेसनका कारण त्यो गर्न सकेको छैन । किनकी यो समयमा मेरो कार्यतालिका नै रुने, खाने र सुत्ने छ’, उनले भनेकी छन् ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  ९ : १० बजे

मोहम्मद सालाह टर्की जाने तयारीमा

काठमाडौँ – लिभरपुलका पूर्वविङ्गर मोहम्मद सालाह फ्रि ट्रान्सफरमा टर्किस क्लब

नागढुंगा–सिस्ने खोला सुरुङमार्ग : शिलान्यासदेखि उद्घाटनको तयारीसम्म (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ र धादिङलाई जोड्ने गरी निर्मित नागढुंगा–सिस्ने खोला सुरुङ

विश्वकपमा चम्किएका केप भर्डेका गोलकिपर भोजिन्हा चिलीको क्लबमा अनुबन्‍ध

काठमाडौँ – फिफा विश्वकप २०२६ मा उत्कृष्ट प्रदर्शन गर्दै चर्चामा

ढिस्कोले पुरिएर एक किशोरको मत्यु

दाङ– दाङको राजपुर गाउँपालिकामा ढिस्कोले पुरिएर एक किशोरको मृत्यु भएको

बैतडी ट्राफिक प्रहरीले संकलन गर्‍याे १२ लाख ९८ हजार राजस्व

सुदूरपश्चिम– बैतडी ट्राफिक प्रहरीले एक हजार ५०८ जना सवारी नियम