‘वाफल्स प्लस मोची’मा मिसेल ओबामा « Khabarhub

‘वाफल्स प्लस मोची’मा मिसेल ओबामा


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएन्जल्स(एजेन्सी)– पूर्व अमेरिकी प्रथम महिला मिसेल ओबामाले नेटफ्लिक्स सिरिज ‘वाफल्स प्लस मोची’मा अभिनय गर्ने भएकी छन् । यो सिरिजमा ओबामाले सुपरमार्केट मालिकको भूमिकामा अभिनय गर्नेछिन् । सिरिजमा ‘द लेण्ड अफ फ्रोजन फुड’का वाफल्स र मोचीको पनि अभिनय हुनेछ । आगामी महिनाबाट प्रसारण हुने यो सिरिजलाई मिसेलले ‘हर्षोल्लासपूर्ण, हृदयस्पर्शी र जादु शो’ भनेकी छन् ।

सिरिजमा मिसेल र उनका पति बाराक ओबामा कार्यकारी निर्माता छन् । ओबामा जोडीले सन् २०१८ मा नेटफ्लिक्ससँग सिरिज र फिल्म निर्माणका लागि सम्झौता गरेका थिए । यो सम्झौताको पहिलो परिणाम सन् २०२० मा आएको उनको अटोबायोग्राफी ‘बिकमिङ’मा आधारित वृत्तचित्र थियो ।

मिसेल ‘वाफल्स प्लस मोची’मा आइसक्रिम खाएर सेफ बन्ने सपना साँचेका दुई पपेटलाई सहयोग गर्ने भूमिकामा देखिनेछिन् । ‘मेरा सन्तान हुर्कदै गर्दा वाफल्स प्लस मोची वरपर भएको भए कति राम्रो हुन्थ्यो । यो कार्यक्रमले पारिवारिक एकतासँगै उनीहरुको अभिभावकलाई दिमागमा दिने शान्तपनलाई देखाउनेछ’, उनले भनेकी छन् । यो सिरिज आगामी मार्च १६ बाट नेटफ्लिक्समा आउनेछ ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  ९ : ४५ बजे

मोहम्मद सालाह टर्की जाने तयारीमा

काठमाडौँ – लिभरपुलका पूर्वविङ्गर मोहम्मद सालाह फ्रि ट्रान्सफरमा टर्किस क्लब

नागढुंगा–सिस्ने खोला सुरुङमार्ग : शिलान्यासदेखि उद्घाटनको तयारीसम्म (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ र धादिङलाई जोड्ने गरी निर्मित नागढुंगा–सिस्ने खोला सुरुङ

विश्वकपमा चम्किएका केप भर्डेका गोलकिपर भोजिन्हा चिलीको क्लबमा अनुबन्‍ध

काठमाडौँ – फिफा विश्वकप २०२६ मा उत्कृष्ट प्रदर्शन गर्दै चर्चामा

ढिस्कोले पुरिएर एक किशोरको मत्यु

दाङ– दाङको राजपुर गाउँपालिकामा ढिस्कोले पुरिएर एक किशोरको मृत्यु भएको

बैतडी ट्राफिक प्रहरीले संकलन गर्‍याे १२ लाख ९८ हजार राजस्व

सुदूरपश्चिम– बैतडी ट्राफिक प्रहरीले एक हजार ५०८ जना सवारी नियम