दीपिका बनिन् ‘मस्ट भ्यालुड फीमेल सेलेब’ « Khabarhub

दीपिका बनिन् ‘मस्ट भ्यालुड फीमेल सेलेब’


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–बलिउड अभिनेत्री दीपिका पादुकोण ‘मस्ट भ्यालुड फीमेल सेलेब’ बनेकी छन् । डफ एण्ड फेल्प्सले जारी गरेको ‘सेलेब्रिटी ब्राण्ड भ्यालुएसन स्टडी २०२०’मा दीपिकाले यो उपलब्धि हासिल गरेकी हुन् ।

समाचारअनुसार दीपिकाको ब्राण्ड भ्यालु ५० दशमलब ४ मिलियन डलर छ । यो सूचीमा दीपिका पछि अभिनेत्री आलिया भट्ट ४८ मिलियन ब्राण्ड भ्यालुका साथ दोस्रो स्थानमा छिन् । उनीहरुको ब्राण्ड भ्यालु अभिनेता सलमान खानको भन्दा बढी छ ।

टेलिकम रेग्युलेटरी अथोरिटी अफ इण्डिया(ट्राई)ले दीपिकालाई सन् २०१९ को सबैभन्दा ‘भरोसा योग्य फीमेल सेलिब्रेटी’को सूचीमा पहिलो स्थानमा राखेको थियो । दीपिकाको सामाजिक सञ्जालमा पनि फ्यान फलोइङ राम्रो छ । उनको इन्स्टाग्राममा २५ मिलियन बढी र ट्विटरमा ३० मिलियन बढी फलोअर्स छन् ।

पुरुषतर्फको ब्राण्ड भ्यालुमा भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली पहिलो स्थानमा छन् । यो सूचीमा उनले अभिनेता अक्षय कुमार, रणवीर सिंह, शाहरुख खान, सलमान खान र अमिताभ बच्चन जस्ता स्टारलाई पछि पारेका छन् ।
–एजेन्सी

 

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  ३ : ३० बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले