पक्राउ पर्नबाट जोगिइन् सनी « Khabarhub

पक्राउ पर्नबाट जोगिइन् सनी


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–अभिनेत्री सनी लियोनीलाई पक्राउ नगर्न केरल उच्च अदालतले क्राइम ब्राञ्चलाई आदेश दिएको छ । सनीमाथि एक इभेन्ट मेनेजमेन्ट कम्पनीले २९ लाख रुपैंयाँको आर्थिक हिनामिनाको आरोप लगाउदै मुद्दा दायर गरेको थियो ।

उक्त कम्पनीले सन् २०१९ को भ्यालेन्टाइन डेमा नृत्य गर्न सनीलाई पारिश्रमिकवापत २९ लाख दिए पनि सनी कार्यक्रममा नआएको भन्दै उजुरी दिएको थियो । उजुरीविरुद्ध सनीले जमानतका लागि निवेदन दिएपछि अदालतले गिरफ्तार नगर्न आदेश दिएको हो ।

जमानतको लागि सनीसँग उनका पति डेनियल तथा अर्का एक व्यक्तिले अदालतलमा निवेदन दिएका थिए । सनीलाई कोच्ची क्राइम ब्राञ्चले फेब्रुअरी ३ मा तिरुअनन्तपुरममा सोधपुछका लागि बोलाएको थियो । उनीमाथि आइपीसीको धारा ४०६ र ४२० अनुसार मुद्दा दर्ता गरिएको थियो ।

सनीले भने आफू दुईपटक कार्यक्रम हुने स्थानमा गए पनि कार्यक्रम हुन नसकेको दाबी गरेकी छन् । अन्ततः यो कार्यक्रम अंगमालीमा रहेको एडलक्स इन्टरनेशनल कन्भेन्सन सेन्टरमा गरिएको थियो । यद्यपि सनीले भने आफूले अझै १२ लाख रुपैंयाँ पाउन बाँकी रहेको जनाएकी छन् ।
–एजेन्सी

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  ४ : ०० बजे

भैरहवामा दुई करोड ५१ लाख मूल्यका दुई किलोभन्दा बढी सुनका गरगहना बरामद

रूपन्देही– सिद्धार्थनगर नगरपालिका–१ शान्तिगेटस्थित जाँचकक्षबाट सशस्त्र प्रहरीले दुई करोड ५१

पोखराको फिर्के खोला किनारमा फेरि चल्यो डोजर, ५६ संरचना भत्काइँदै (तस्बिरहरू)

 पोखरा– फिर्के खोलामा बनेका संरचना भत्काउन पोखरा महानगरपालिकाले यसअघि थालेको अभियानलाई

‘पार्टीभित्र कुनै अन्तर्विरोध छैन, वर्तमान सरकार ५ वर्षसम्म चल्छ, असफल हुने छुट छैन’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार

प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूतको भेट, नेपाल–अष्ट्रेलिया सहकार्यमा जोड

काठमाडौं –प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले भेट गरेका

राजकुमार राव र श्रद्धा कपुर अभिनीत चर्चित हरर-कमेडी फिल्म ‘स्त्री-३’ २०२८ मा 

काठमाडौं– ‘स्त्री’ र ‘स्त्री २’ बाट दर्शकलाई डर र हाँसोको