पक्राउ पर्नबाट जोगिइन् सनी « Khabarhub

पक्राउ पर्नबाट जोगिइन् सनी


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–अभिनेत्री सनी लियोनीलाई पक्राउ नगर्न केरल उच्च अदालतले क्राइम ब्राञ्चलाई आदेश दिएको छ । सनीमाथि एक इभेन्ट मेनेजमेन्ट कम्पनीले २९ लाख रुपैंयाँको आर्थिक हिनामिनाको आरोप लगाउदै मुद्दा दायर गरेको थियो ।

उक्त कम्पनीले सन् २०१९ को भ्यालेन्टाइन डेमा नृत्य गर्न सनीलाई पारिश्रमिकवापत २९ लाख दिए पनि सनी कार्यक्रममा नआएको भन्दै उजुरी दिएको थियो । उजुरीविरुद्ध सनीले जमानतका लागि निवेदन दिएपछि अदालतले गिरफ्तार नगर्न आदेश दिएको हो ।

जमानतको लागि सनीसँग उनका पति डेनियल तथा अर्का एक व्यक्तिले अदालतलमा निवेदन दिएका थिए । सनीलाई कोच्ची क्राइम ब्राञ्चले फेब्रुअरी ३ मा तिरुअनन्तपुरममा सोधपुछका लागि बोलाएको थियो । उनीमाथि आइपीसीको धारा ४०६ र ४२० अनुसार मुद्दा दर्ता गरिएको थियो ।

सनीले भने आफू दुईपटक कार्यक्रम हुने स्थानमा गए पनि कार्यक्रम हुन नसकेको दाबी गरेकी छन् । अन्ततः यो कार्यक्रम अंगमालीमा रहेको एडलक्स इन्टरनेशनल कन्भेन्सन सेन्टरमा गरिएको थियो । यद्यपि सनीले भने आफूले अझै १२ लाख रुपैंयाँ पाउन बाँकी रहेको जनाएकी छन् ।
–एजेन्सी

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  ४ : ०० बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले