यो आन्दोलनको आवाज सुनिएन भने ६२/६३ को भन्दा ठूलो आगो दन्किनेछ: झलनाथ खनाल « Khabarhub

यो आन्दोलनको आवाज सुनिएन भने ६२/६३ को भन्दा ठूलो आगो दन्किनेछ: झलनाथ खनाल


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (प्रचण्ड–नेपाल समूहको नेकपा) का नेता झलनाथ खनालले आन्दोलनको आवाज सुनिएन भने ६२/६३ सालको भन्दा ठूलो आगो दन्कने बताएका छन् ।

आज (बुधवार) काठमाडौंमा प्रचण्ड–नेपाल समूहको नेकपाले आयोजना गरेको विरोध सभामा बोल्दै उनले ओलीको तानशाहविरुद्ध सडकमा आगो दन्किने बताएका हुन् ।

उनले केपी शर्मा ओली र समर्थक साथीहरुलाई विरोध कार्यक्रम भइरहेको प्रदर्शनी स्थलमा हेर्न आउन समेत आग्रह गरे ।

‘केपी ओली र केपी ओलीका समर्थक साथीहरु आउनुस्, पदर्शनीस्थलमा आउनुस्, हामी देखाउँछौं, नेकपाको आवाज भनेको यो हो,’ उनले भने ।

उनले निर्वाचन आयोग कुन पार्टी आधिकारिक भएको भन्नेमा अलमल नपर्न पनि आग्रह गरे ।

‘कुन चाहिँ पार्टी आधिकारिक होला भनेर अहिले निर्वाचन आयोगलाई पनि सकस परेको छ तर, हाम्रा सम्मानित आयुक्तहरु अल्मलिने कारण केही छैन, आउनुस्, काठमाडौंका सारा सडकमा हाम्रो पार्टी पोखिएको छ,’ उनले भने, ‘योभन्दा कुनै पनि पार्टी नेपालमा आधिकारिक हुन सक्दैन ।’

उनले केपी ओली राजनीतिक र सैद्धान्तिक रुपमा पराजित भइसकेको आरोप लगाए । उनले केपी ओलीलाई आफ्नो भविष्यतर्फ विश्वास नरहेको बरु पशुपतिनाथमाथि विश्वास भएको समेत आरोप लगाए ।

 

 

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  ३ : ४४ बजे

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण