म्यानमारका सैनिक नेताहरूमाथि अमेरिकाको प्रतिबन्ध | Khabarhub Khabarhub

म्यानमारका सैनिक नेताहरूमाथि अमेरिकाको प्रतिबन्ध


२९ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकाले म्यानमारका सैनिक नेताहरूमाथि प्रतिबन्ध लगाएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनले ‘कु’ गर्ने म्यान्मारका सैनिक नेताहरूमाथि प्रतिबन्ध लगाउने एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।

तस्वीर : एएनआई

यो कदम सैनिक नेताहरू, उनीहरूका परिवारका सदस्य र सेनासँग सम्बद्ध व्यापार-व्यवसायप्रति लक्षित रहेको बीबीसीले जनाएको छ।

अमेरिकी राष्ट्रपति बाइडनले सेनालाई आफ्नो कदम फिर्ता लिन र सू चीसिहत जननिर्वाचित नेताहरूलाई तत्काल रिहा गर्न माग गर्दै आएका छन्।

पहिलो चरणमा प्रतिबन्धको निशानामा पर्नेहरूको पहिचान यसै साताभित्र गरिसक्ने पनि बाइडनले बताएका छन्।

अमेरिकामा रहेको एक अर्ब डलर बराबरको सरकारी कोषमा सेनाको पहुँच रोक्ने कदम पनि चाल्न लागिएको जनाइएको छ ।

‘कु’ पछि म्यानमारमा सैनिक सत्ताविरुद्ध व्यापक प्रदर्शन भइरहेको छ । तर, प्रदर्शनकारीलाई सैनिकले दमन गरिरहेका छन् ।

प्रदर्शनकारीहरूलाई तितरबितर पार्ने क्रममा सुरक्षाकर्मीले पानीको फोहरा, रबरको गोली तथा ताकेरै गोली प्रहार गरिरहेका छन् ।

तस्वीर : ईपीए

मंगलबार गोली लागेर घाइते भएकी एक महिलाको राजधानी नेपिद्‌अस्थित एउटा अस्पतालमा उपचार भइरहेको छ ।

म्यानमारमा गत साता सेनाले सत्ता कब्जा गरेयता त्यसको विरोधमा हजारौँ मानिसले प्रदर्शन गर्दै आएका छन्।

नेत्री आङ सान सू चीको जननिर्वाचित सरकारलाई सत्ताबाट च्युत गर्दै सेनाले एक वर्षका लागि सङ्कटकाल घोषणा गरेको छ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार  ६ : ४५ बजे

पाँच दिनभित्र ‘भिजिट भिसा’ प्रकरणबारे छानबिन संयन्त्र बन्छ : महेश बर्तौला

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले

जम्मा ११० जनाले हेरे दिलीपको फिल्म ‘हेल्लो काँशीराम’

काठमाडौं – नायक दिलीप रायमाझी अभिनित फिल्म ‘हेल्लो काँशीराम’ बक्स

कर्णाली प्रदेशसभाको बैठक स्थगन

कर्णाली– प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले अवरोध गरेपछि

हमासको अपहरणमा परेका तीन इजरायली बन्धकको शव भेटियो

तेल अभिभ – इजरायली सेनाले (आईडीएफ) ले अपहरणपछि गाजामा ज्यान

वृद्धभत्ता पाउने उमेर ६८ वर्ष नै बनाउनुपर्छ : सांसद खतिवडा 

काठमाडौं– सांसदहरूले संसद्मा बजेटमाथि छलफल भएपछि अर्धविराम र पूर्णविराम पनि परिवर्तन