‘तिमीसँगै हुने मन छ’मा भारतीय अभिनेता रोहित « Khabarhub

‘तिमीसँगै हुने मन छ’मा भारतीय अभिनेता रोहित


२९ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्देशक दीवाकर भट्टराईको निर्माण तथा निर्देशनमा बन्न लागेको फिल्म ‘तिमीसँगै हुने मन छ’मा भारतीय अभिनेता रोहित सुचान्तीले अभिनय गर्ने भएका छन् । भारतीय टेलिसिरियल ‘तुने प्यार क्या किया’ र ‘रिश्ता लिखंगे हम नयाँ’ लगायत आधा दर्जन टेलिसिरियलमा अभिनय गरिसकेका रोहितले रियालिटी शो ‘बिग बोस १२’मा पनि सहभागिता जनाइसकेका छन् ।

मुम्बईको महावीर जैन कलेजमा अध्ययन गरेका उनले फिल्म ‘तिमीसँगै हुने मन छ’मा अभिनेत्री दीपिका प्रसाईंसँग रोमान्स गर्नेछन् । निर्देशक दिवाकरका अनुसार फिल्मका लागि अभिनेताद्वय पल शाह र पुष्प खड्कासँग मौखिक कुराकानी भए पनि टुंगो लागिसकेको छैन ।

ओम नव शिवाय प्रोडक्सनको व्यानरबाट निर्माण हुने फिल्मको छायांकट चैतको पहिलो हप्ता शुरु हुनेछ । प्रेमकथामा आधारित फिल्ममा प्राविधिक समूह भारतबाट नै आउने निर्देशक दिवाकरले बताए ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार  १ : ४० बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना