रिहानाले बन्द गरिन् फेन्टी « Khabarhub

रिहानाले बन्द गरिन् फेन्टी


२९ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएन्जल्स– विलासी सामान समूह एलभीएमएच र गायिका रिहानाले आफ्नो फेन्टी फेसन लेभललाई बन्द गर्ने सहमति गरेका छन् । झन्डै दुई वर्षदेखि फेसनसँग सम्बन्धित सामाग्री उत्पादन गर्दै आएको फेन्टी फेसनलाई अब निरन्तरता नदिनेमा दुवै पक्ष सहमत भएका हुन् । यद्यपि सेभेगेज एक्स फेन्टीसँगै फेन्टी ब्यूटी र फेन्टी स्किनलाई भने उनीहरुले निरन्तरता दिने भएका छन् ।

एलभीएमएचले फेन्टीका तयारी पहिरनलाई भने अहिले ‘होल्ड’ मै राखेर राम्रो अवस्थामा मात्र बिक्री गर्ने बताएको छ । फेसन विश्लेषकहरु रिहानाको धेरै फ्यान भए पनि फेन्टी लेभलको मूल्य अधिक महंगो रहेको दाबी गर्छन् । तर एलभीएमएच र रिहानाले फेन्टी पर्यावरणलाई दीर्घकालिन रुपमा अगाडि बढाउन आफूहरु एकाग्र भएको जनाएका छन् ।

रिहानाले सन् २०१९ देखि फेन्टी ब्राण्डलाई सञ्चालनमा ल्याएकी हुन् । तर ब्राण्डको आधिकारिक इन्स्टाग्राम एकाउण्टमा फेन्टी ब्राण्ड सुरु भएदेखि कुनै पनि पोस्ट गरिएको छैन । गत वर्षको नोभेम्बरदेखि फेन्टीमा नयाँ पहिरन के आएका छन् भन्ने जानकारी उनले कसैलाई दिएकी छैनन् ।
–एजेन्सी

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार  २ : ०५ बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले