‘जस्टिस लीगः स्नाइडर कट’ मा फरक जोकर | Khabarhub Khabarhub

‘जस्टिस लीगः स्नाइडर कट’ मा फरक जोकर


२९ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएन्जल्स– सन् २०१७ मा रिलिज भएको सुपरहिरो फिल्म ‘जस्टिस लीग’ बक्सअफिसमा असफल भए पनि यो फिल्मलाई दर्शकले मनपराएका थिए । दर्शकले मनपराएकै कारण फिल्मको निर्माण पक्षले यसको दोस्रो संस्करण निर्माण गरेको छ । ‘जस्टिस लीगः स्नाइडर कट’ नाम दिइएको यो फिल्म आगामी मार्च ८ मा ओटीटी प्लेटफर्म एचबीओ मेक्सबाट रिलिज हुँदैछ ।

निर्माण पक्षले फिल्मको फस्र्ट लुक सार्वजनिक गरेको छ । जसमा जोकरलाई फरक लुक्समा देखाइएको छ । ज्याक स्नाइडर निर्देशित फिल्मको फस्टलुकले दर्शकलाई उत्साहित बनाएको छ । फिल्मको पोस्टरमा जोकरको दुई रुप देखाइएको छ । जहाँ एक तस्वीरमा जोकरलाई नजिकबाट प्रस्तुत गरिएको छ भने अर्को तस्वीरमा एक अँध्यारो कोठामा पुरानो शैलीमा बसेको देखाइएको छ । तस्वीरले फिल्मको पहिलो सिरिज भन्दा दोस्रो सिरिज अझ खतरनाक हुने अनुमान गरिएको छ ।

‘यसमा जोकर ब्याटमेनको बारेमा सिधा उनीसँग नै कुरा गरिरहेका छन् । जोकरले ब्याटमेन को हो भन्ने बारेमा सम्झन प्रयासरत छ । यो त्यही कुरा हो, जुन मैले पनि महशुस गरेको छु । जेरेड लेटो जोकर र बेन एप्लेक ब्याटमेनले कहिल्यै पनि एकापसलाई भेटेका छैनन् ।’ उनले भनेका छन् ।
–एजेन्सी

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार  २ : २५ बजे

२३ सयले बढ्यो सुनको मूल्य, चाँदीको कति ? 

काठमाडौं– आइतबार सुनको मूल्यमा उच्च वृद्धि भएको छ । नेपाल

पिपुल्स पावर हकप्रद शेयर लिलामी बिक्रीमा

काठमाडौं – पिपुल्स पावर लिमिटेडले हकप्रद शेयर लिलामी बिक्रीमा राखेको

माबिलुङ्ग इनर्जीको आइपीओ बाँडफाँड

काठमाडौं– माबिलुङ्ग इनर्जी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण शेयर

सुत्केरीलाई पोषण सामग्री वितरण

भोजपुर– सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य सुधार गर्ने उद्देश्यले

सागर डिष्टिलरीको आइपीओ बाँडफाँड

काठमाडौं– सागर डिष्टिलरी लिमिटेडले साधारण शेयर (आइपीओ) बाँडफाँड गरेको छ।