‘जस्टिस लीगः स्नाइडर कट’ मा फरक जोकर « Khabarhub

‘जस्टिस लीगः स्नाइडर कट’ मा फरक जोकर


२९ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएन्जल्स– सन् २०१७ मा रिलिज भएको सुपरहिरो फिल्म ‘जस्टिस लीग’ बक्सअफिसमा असफल भए पनि यो फिल्मलाई दर्शकले मनपराएका थिए । दर्शकले मनपराएकै कारण फिल्मको निर्माण पक्षले यसको दोस्रो संस्करण निर्माण गरेको छ । ‘जस्टिस लीगः स्नाइडर कट’ नाम दिइएको यो फिल्म आगामी मार्च ८ मा ओटीटी प्लेटफर्म एचबीओ मेक्सबाट रिलिज हुँदैछ ।

निर्माण पक्षले फिल्मको फस्र्ट लुक सार्वजनिक गरेको छ । जसमा जोकरलाई फरक लुक्समा देखाइएको छ । ज्याक स्नाइडर निर्देशित फिल्मको फस्टलुकले दर्शकलाई उत्साहित बनाएको छ । फिल्मको पोस्टरमा जोकरको दुई रुप देखाइएको छ । जहाँ एक तस्वीरमा जोकरलाई नजिकबाट प्रस्तुत गरिएको छ भने अर्को तस्वीरमा एक अँध्यारो कोठामा पुरानो शैलीमा बसेको देखाइएको छ । तस्वीरले फिल्मको पहिलो सिरिज भन्दा दोस्रो सिरिज अझ खतरनाक हुने अनुमान गरिएको छ ।

‘यसमा जोकर ब्याटमेनको बारेमा सिधा उनीसँग नै कुरा गरिरहेका छन् । जोकरले ब्याटमेन को हो भन्ने बारेमा सम्झन प्रयासरत छ । यो त्यही कुरा हो, जुन मैले पनि महशुस गरेको छु । जेरेड लेटो जोकर र बेन एप्लेक ब्याटमेनले कहिल्यै पनि एकापसलाई भेटेका छैनन् ।’ उनले भनेका छन् ।
–एजेन्सी

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार  २ : २५ बजे

मोहम्मद सालाह टर्की जाने तयारीमा

काठमाडौँ – लिभरपुलका पूर्वविङ्गर मोहम्मद सालाह फ्रि ट्रान्सफरमा टर्किस क्लब

नागढुंगा–सिस्ने खोला सुरुङमार्ग : शिलान्यासदेखि उद्घाटनको तयारीसम्म (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ र धादिङलाई जोड्ने गरी निर्मित नागढुंगा–सिस्ने खोला सुरुङ

विश्वकपमा चम्किएका केप भर्डेका गोलकिपर भोजिन्हा चिलीको क्लबमा अनुबन्‍ध

काठमाडौँ – फिफा विश्वकप २०२६ मा उत्कृष्ट प्रदर्शन गर्दै चर्चामा

ढिस्कोले पुरिएर एक किशोरको मत्यु

दाङ– दाङको राजपुर गाउँपालिकामा ढिस्कोले पुरिएर एक किशोरको मृत्यु भएको

बैतडी ट्राफिक प्रहरीले संकलन गर्‍याे १२ लाख ९८ हजार राजस्व

सुदूरपश्चिम– बैतडी ट्राफिक प्रहरीले एक हजार ५०८ जना सवारी नियम