झाँक्री रिहाई माग गर्दै बानेश्वरमा भएको प्रदर्शनमा प्रहरीद्वारा लाठीचार्ज (भिडियोसहित) « Khabarhub

झाँक्री रिहाई माग गर्दै बानेश्वरमा भएको प्रदर्शनमा प्रहरीद्वारा लाठीचार्ज (भिडियोसहित)


२९ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको विरोधमा वानेश्वर क्षेत्रमा भएको प्रदर्शनमा झडप भएको छ ।

दाहाल-नेपाल समूह निकट युवा विद्यार्थीले गरेको प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको हो ।

सो क्रममा प्रदर्शनकारीले प्रहरीको गाडीमा ढुंगामुढा गरेको छन् भने ढुंगामुढाबाट प्रहरीको एउटा गाडीमा क्षति पुगेको छ ।
यस्तै प्रहरीले स्थिति नियन्त्रणका लागि लाठीचार्ज गरेको छ । दोहोरो झडप हुँदा राजधानीको नयाँ वानेश्वर क्षेत्र तनावग्रस्त बनेको हो ।

प्रदर्शनमा उत्रिएकाहरुले झाँक्रीलाई होइन, बलात्कारीलाई पक्राउ गर्न भन्दै प्रहरीविरुद्ध नाराबाजी गरेका छन् ।

हेरौँ भिडियो

प्रदर्शनकारीले निषेधाज्ञा तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको जनाइएको छ ।

उनले प्रधानमन्त्री केपी शर्मा ओली र उनका ‘भजन मण्डली’को पतन निश्चित भएको बताइन् । संविधानको पुनर्स्थापनापछि उनले राजनीतिलाई स्थायित्व दिने बताइन ।

राष्ट्रपतिलाई दिएको अभिव्यक्तिबारे उनले भनिन्,‘ यो व्यक्तिभन्दा पनि प्रवृत्तिको लडाइँ हो ।’

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार  ६ : २७ बजे

इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ : ट्रम्प

वाशिङ्टन- डोनाल्ड ट्रम्पले शुक्रबार संयुक्त राज्य अमेरिका इरानमाथि जारी सैन्य

निफले सक्यो प्रि-इभेन्टका कार्यक्रम

काठमाडौं – नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं- जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै युवाहरूले शनिबार

निर्वाचनमा बालअधिकार उल्लङ्घन : अध्ययनले देखायो ३५० घटना

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा बालअधिकारसम्बन्धी निर्वाचन आचारसंहिता कार्यान्वयन

केरलामा बर्ड फ्लूको प्रकोप : हजारौँ चरा नष्ट गर्ने निर्णय

एजेन्सी– भारतको दक्षिणी राज्य केरलामा बर्ड फ्लू (एभियन इन्फ्लुएन्जा) फैलिएको