रिहाइपछि नेतृ झाँक्रीले भनिन् : ओली र उनका ‘भजन मण्डली’को पतन निश्चित छ (भिडियोसहित) | Khabarhub Khabarhub

रिहाइपछि नेतृ झाँक्रीले भनिन् : ओली र उनका ‘भजन मण्डली’को पतन निश्चित छ (भिडियोसहित)


२९ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओली र उनका ‘भजन मण्डली’को पतन निश्चित भएको बताएकी छिन्।

रिहाइसँगै सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले राजनीतिक प्रतिशोधका कारण आफूलाई नियन्त्रणमा लिने प्रयास गरेको बताउँदै प्रधानमन्त्री ओलीको पतन निश्चित भएको बताएकी हुन ।

राज्यविरुद्धको कसुरको आरोपमा पक्राउ परेकी झाँक्रीलाई प्रहरीले सामान्य सोधपुछपछि बिहीबार साँझ रिहा गरेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले जानकारी दिए।

रिहाइपछि नेतृ रामकुमारी झाँक्रीले लोकतन्त्रका पक्षधरसामु सरकार झुकेको प्रतिक्रिया दिइन ।

हेरौँ भिडियो

‘मेरो विरुद्ध कुनै जाहेरी दर्ता भएको थिएन, राजनीतिक प्रतिशोधका कारण मलाई नियन्त्रणमा लिने प्रयास गरेको रहेछ । पछिल्लो प्रतिगमनविरुद्धको आन्दोलमा मैले जसरी देशव्यापी उपस्थित हुँदा प्रस्तुत भएँ यसलाई ह्यार्‍यास्म्यान्ट गर्ने उद्देश्यले यो कदम चालिकएको जस्तो लाग्यो , ‘उनले भनिन् ,’यहाँ अरु केही भएन, दिनभरी सबैले दिनुभएको सहयोग र बढाउनुभएको दबाबका अगाडि प्रतिगमन झुकेको छ, हामीले जितेका छौँ, म यहाँबाट विनाशर्त निस्केको छु ।’

राष्ट्रपतिलाई दिएको अभिव्यक्तिबारे उनले भनिन्,‘ यो व्यक्तिभन्दा पनि प्रवृत्तिको लडाइँ हो ।’

प्रहरीले झाँक्रीलाई शंखमूलस्थित उनकै निवासबाट आज दिउँसो नियन्त्रणमा लिएको थियो । झाँकी पक्राउ विरोधमा विभिन्न क्षेत्रबाट चर्को विरोधसँगै र सरकारको आलोचना भएको थियो ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार  ७ : ०५ बजे

बाढीपहिरो प्रभावितको पीडा : न बासको ठेगान, न गाँसको !

सिन्धुली- पाँच जनाको परिवार खुसी थियो । दशैँ मनाउन खर्च

दाउन्नेको सडक अझै अवरुद्ध, खुलाउने प्रयास जारी

नवलपरासी– पश्चिम नवलपरासीको बर्दघाट–४ स्थित दाउन्नेको खुर्सानी खोला नजिकै भासिएको

मध्यपूर्व अपडेट : दुई हजारको ज्यान गएको लेबनानको दाबी

लेबनान – लेबनानको स्वास्थ्य मन्त्रालयले गएको रातिसम्ममा इजरायलको आक्रमणमा परेर

भित्र्याउने बेलाको धान बाढीले बगाएपछि किसान पीडामा

सप्तरी– सप्तरी हनुमाननगर कङ्कालिनी नगरपालिका–१ कोशी ब्यारेजका भीमराज मण्डलले दुई

हमास-इजरायल आक्रमणको वर्षगाँठ : हिंसात्मक गतिविधि रोक्न अमेरिकाले गरायो सचेत

इजरायल – हमासले इजरायलमा आक्रमण गरेको एक वर्ष पुगेको छ।