ओली पक्षका अधिकांश नेता फर्किन्छन् : अध्यक्ष दाहाल (भिडियोसहित) « Khabarhub

ओली पक्षका अधिकांश नेता फर्किन्छन् : अध्यक्ष दाहाल (भिडियोसहित)


२९ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओली पक्षका अधिकांश नेता तथा कार्यकर्ता मुल पार्टीमा फर्किने दावी गरेका छन ।

आफ्नो पक्ष मुल नेकपा भएको दाबी गर्दै अध्यक्ष प्रचण्डले ओलीपक्षका नेताहरु फर्किनको लागि आफूसँग निरन्तर संवादमा रहेको बताएका हुन ।

बिहीबार काठमाडौंमा नेकपा सोलुखुम्वुको प्रशिक्षण भेलालाई सम्बोधन गर्दै प्रचण्डले मन्त्री, सांसददेखि अन्य नेताहरु निरन्तर आफूसंगको संवादमा रहेको भन्दै छिटै फर्कने तर्क गरे ।

हेरौँ भिडियो

प्रचण्डले पार्टी एकतादेखि नै ओलीले सहमति बेगर आफूखुसी काम गर्दै हिँडेकाले अहिलको अवस्था आएको बताए । पार्टी एकता गर्दा राजनितिक प्रतिवेदन र विधान गरी २ वटा आधार तय गरेको भन्दै उनले अब पनि सोही आधारमा पार्टीलाई मजबुद गर्दै लैजाने बताए ।

उनले ओलीले पार्टी फुटेको भन्दै भ्रम छरेकाले अनावश्यक भ्रममा नलाग्न पनि उनले आग्रह गरे ।

त्यस्तै नेकपा दाहाल–नेपाल पक्षका अर्का अध्यक्ष माधवकुमार नेपालले अहिलेको आन्दोलन पदका लागि नभएर संविधान र लोकतन्त्रको रक्षाको लागि भएको बताए ।

उनले निर्वाचन आयोग र अदालतले नियम र संविधान अनुसार निर्णय गर्ने विश्वास व्यक्त गरे । अध्यक्ष नेपालले अब केपी ओलीसंगको सम्बन्ध एकादेशको जस्तो भएको तर्क समेत गरे ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार  ७ : ३८ बजे

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण