एनसेलबाट तत्काल लाभकर नउठाउन सर्वोच्चको आदेश | Khabarhub Khabarhub

एनसेलबाट तत्काल लाभकर नउठाउन सर्वोच्चको आदेश


१२ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– सर्वोच्च अदालतले एनसेलबाट तत्काल पुँजीगत लाभकर नउठाउन ठूला करदाता कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

कार्यालयले निर्धारण गरेको कर कानूनसम्मत नभएको भन्दै एनसेलले दायर गरेको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलाशले कर निर्धारणका विषयमा दुबै पक्षलाई छलफलका लागि समेत बोलाउन आदेश जारी गरेको छ ।

छलफल नहुँदासम्मका लागि कर निर्धारण प्रक्रिया यथास्थितिमा राख्न सर्वोच्चले आदेश जारी गरेको हो ।

ठूला करदाता कार्यालयले निर्धारण गरेको ३९ अर्व ६ करोड रकम कानून विपरित भएको भन्दै एनसेलले १४ अर्व ३६ करोड मात्र वुझाउनु पर्ने दावी गर्दे गत सोमबार सर्वोच्चमा रिट दायर गरेको थियो ।

एनसेलले तत्कालीन स्वामित्वकर्ता कम्पनी टेयिया सोनेराबाट शेयर खरिद गर्दा १ खर्ब ४४ अर्ब ७८ करोड २५ लाख ८ हजार रुपैयाँ तोकिएको दावी गरेको छ । जसबाट १ अर्ब अर्ब १२ करोड ८८ लाख रुपैयाँ खरिद गर्दाको लागत घटाएर १ खर्ब ४३ अर्ब ६५ करोड ३७ लाख ६ हजार रुपैयाँमा खरिदबिक्री (पूँजीगत लाभ कायम) भएको एनसेलको दावी छ ।

जसको २५ प्रतिशत लाभकर (३५ अर्ब ९१ करोड ३४ लाख २६ हजार ५ सय रुपैयाँ)मध्ये हालसम्म १५ प्रतिशत अर्थात् २१ अर्ब ५४ करोड ८० लाख ५५ हजार ९ रुपैयाँ लाभकर भुक्तानी गरिसकेको पनि एनसेलले सर्वोच्चमा दायर गरेको रिटमा उल्लेख छ ।

अब १४ अर्ब ३६ करोड ५३ लाख ७० हजार ६ सय रुपैयाँ मात्रै भुक्तान गर्न बाँकी रहेको र सोहीअनुसार कर निर्धारण गर्न एनसेलको मागदावी थियो ।

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहीबार  ५ : २२ बजे

सबै क्षेत्र र भूगोललाई समेट्ने गरी बजेट निर्माणमा लागौँ : ऊर्जामन्त्री खड्का

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सबै क्षेत्र र

नेप्से परिसूचकमा सामान्य सुधार, १० अर्ब बढीको कारोबार

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको

सुदूरपश्चिम विकासका लागि धार्मिक पर्यटनदेखि अन्तरदेशीय सञ्जाल विस्तारको प्रस्ताव, ११ बुँदामा छलफल

काठमाडौं – बजेट निर्माणमा जुटेको सुदुरपश्चिम प्रदेश सरकारले काठमाडौंमा अन्तक्र्रिया

भुइँचालो गएकै दिन सुरू भएको संसद् अधिवेशनको ‘परकम्प’ : सत्ता पक्ष र विपक्षीबीच सुरूमै ‘तितोपिरो’

काठमाडौँ– सरकारले संसद्को बर्खे अधिवेशन (बजेट अधिवेशन) वैशाख १२ देखि

मह जोडीले पार गरे सहकार्यको ४५ वर्ष

काठमाडौं – ‘मह जोडी’ अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य