विदेशमा जनसम्पर्क विस्तार गर्दै कांग्रेस « Khabarhub

विदेशमा जनसम्पर्क विस्तार गर्दै कांग्रेस


३० माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले नेपाली जनसम्पर्क समिति विस्तार गर्न बाँकी रहेका विभिन्न मुलुकहरूमा पार्टीको विधान र नियमावलीअनुसार जनसम्पर्क समिति विस्तार गर्ने भएको छ ।

कांग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय केन्द्रीय विभागको आज बसेको बैठकले जनसम्पर्क समिति विस्तार गर्न बाँकी रहेका विभिन्न मुलुकमा जनसम्पर्क समिति विस्तार गर्दै लैजाने निर्णय गरेको हो ।

बैठकले म्याद सकिएका जनसम्पर्क समितिलाई यथाशीघ्र पार्टीको क्रियाशील सदस्यता वितरणको काम सम्पन्न गरी अधिवेशनको तयारी गर्नका लागि निर्देशनसमेत दिएको छ ।

पार्टीका केन्द्रीय सदस्य एवं विभागका प्रमुख गोविन्द भट्टराईको अध्यक्षतामा भएको बैठकले संसद् विघटनको विरुद्धमा कांग्रेस केन्द्रीय कार्यसमितिले आयोजना गरेको देशव्यापी विरोधका कार्यक्रममा व्यापकरुपमा जनसहभागिता जुटाउने निर्णय गरेको छ ।

बैठकले कोभिड–१९ बाट प्रभावित भई देशभित्र र बाहिर मृत्यु भएका सम्पूर्ण नेपालीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । बैठकले कोभिड–१९ का कारण रोजगारी गुमाएका नेपाली नागरिकलाई राहत तथा उद्धारको उचित व्यवस्था गर्न सरकारसँग आग्रह गरेको विभागका सचिव महेश थपलियाले जानकारी दिए ।

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  ८ : ५० बजे

मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु

लन्डन – मे र जुनमा यस पहिलेको सोही समयको रेकर्ड

सर्वपक्षीय बैठक : मोरङमा सद्भाव र्‍याली निकालिने

विराटनगर – सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा दुई समूहबीच भएको विवादका

बालेन मौन बस्दा सक्रियता बढाउँदै रवि, मधेशवादी नेताहरूसँग गरे लामो संवाद

काठमाडौं- सुनसरीबाट सल्किएको साम्प्रदायिक हिंसाको आगो मधेशमा पनि सल्किएपछि राष्ट्रिय

चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा अघिल्लो गणनामा बाघको सङ्ख्या १२८ रहेकामा