विदेशमा जनसम्पर्क विस्तार गर्दै कांग्रेस « Khabarhub

विदेशमा जनसम्पर्क विस्तार गर्दै कांग्रेस


३० माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले नेपाली जनसम्पर्क समिति विस्तार गर्न बाँकी रहेका विभिन्न मुलुकहरूमा पार्टीको विधान र नियमावलीअनुसार जनसम्पर्क समिति विस्तार गर्ने भएको छ ।

कांग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय केन्द्रीय विभागको आज बसेको बैठकले जनसम्पर्क समिति विस्तार गर्न बाँकी रहेका विभिन्न मुलुकमा जनसम्पर्क समिति विस्तार गर्दै लैजाने निर्णय गरेको हो ।

बैठकले म्याद सकिएका जनसम्पर्क समितिलाई यथाशीघ्र पार्टीको क्रियाशील सदस्यता वितरणको काम सम्पन्न गरी अधिवेशनको तयारी गर्नका लागि निर्देशनसमेत दिएको छ ।

पार्टीका केन्द्रीय सदस्य एवं विभागका प्रमुख गोविन्द भट्टराईको अध्यक्षतामा भएको बैठकले संसद् विघटनको विरुद्धमा कांग्रेस केन्द्रीय कार्यसमितिले आयोजना गरेको देशव्यापी विरोधका कार्यक्रममा व्यापकरुपमा जनसहभागिता जुटाउने निर्णय गरेको छ ।

बैठकले कोभिड–१९ बाट प्रभावित भई देशभित्र र बाहिर मृत्यु भएका सम्पूर्ण नेपालीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । बैठकले कोभिड–१९ का कारण रोजगारी गुमाएका नेपाली नागरिकलाई राहत तथा उद्धारको उचित व्यवस्था गर्न सरकारसँग आग्रह गरेको विभागका सचिव महेश थपलियाले जानकारी दिए ।

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  ८ : ५० बजे

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र