विश्वकप क्रिकेट लिग २ : एकदिवसीय सिरिज स्थगित « Khabarhub

विश्वकप क्रिकेट लिग २ : एकदिवसीय सिरिज स्थगित


३० माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गतको नेपाल, ओमान र अमेरिकाबीचको एकदिवसीय सिरिज स्थगित भएको छ ।

आइसीसीले कोरोना महामारीलगायतका कारण देखाउँदै हाललाई उक्त सिरिज स्थगित गरेको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।

ओमान सिरिजका लागि क्यानले ३२ खेलाडीलाई डेढ साता अघि बन्द प्रशिक्षणमा बोलाएको थियो । यसअघि नेपालले आगामी चैत ६ देखि १५ गतेसम्म ओमानमा त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्ने मिति तय गरिएको थियो ।

लिगमा हालसम्म नेपालले चार खेलमा चार अंक जोडेको छ । नेपाल लिगको छैटौँ स्थानमा छ । अमेरिका १२ खेलमा १२ अंक जोड्दै लिगको दोस्रो स्थानमा ओमान १० खेलमा १६ अंकका साथ लिगको शीर्ष स्थानमा रहेको छ ।

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  ९ : २५ बजे

हर्मुज सुरक्षाको खर्च खाडी राष्ट्रले बेहोर्नुपर्छ : ट्रम्प

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलघाँटी हुँदै हुने अन्तर्राष्ट्रिय

पैदल मार्चमा निस्केका मिटरब्याज पीडितसँग गृहमन्त्रीको वार्ता (तस्बिरहरू)

काठमाडौं– मिटरब्याजविरुद्ध पैदल मार्च गर्दै जनकपुरबाट काठमाडौं हिँडेकाहरूलाई भेट्न गृहमन्त्री सुधन

सरकारविरुद्ध प्रतिपक्षीको मोर्चाबन्दी : प्रश्न गर्नेलाई त्रास देखाएर ठेगान लगाउन खोजेको आरोप

काठमाडौं- विपक्षी दलका सांसदहरूले राज्य संरक्षित व्यक्तिहरूले सञ्चारमाध्यम लगायतका स्थानमा

सरकारलाई प्रश्न गर्नेमाथि राज्य संयन्त्रले दमन गर्न खोज्यो : निष्कल राई

काठमाडौं– विपक्षी दलका सांसदहरूले राज्य संरक्षित व्यक्तिहरूले विभिन्न सञ्चारमाध्यम लगायतका स्थानमा

देशभरको रगतको उपलब्धता अब नागरिक एपबाटै हेर्न सकिने

काठमाडौँ– नागरिक एपमार्फत देशभर उपलब्ध रगतको विवरण हेर्न सकिने भएको