झापाका १० पर्यटकीय योजनालाई ३३ करोड « Khabarhub

झापाका १० पर्यटकीय योजनालाई ३३ करोड



झापा– सरकारले छनौट गरेको देशभरका दुई सय नयाँ पर्यटकीय गन्तव्यहरुको सूचीमा झापाका १० ओटा स्थान परेका छन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय छनौट गरेको सुचीमा समावेश पर्यटकीय गन्तव्यहरुको प्रवद्र्धनको लागत भने ४८ करोड रुपैयाँभन्दा बढि रहेको छ ।

यी हुन्, ठूला योजना
मन्त्रालयको छनौटमा परेका गतन्तव्य तथा योजनाहरुमा अर्जुनधाराको हलुवागढ पर्यटन प्रवद्र्धन परियोजनाको कुल लागत ६ करोड ७० लाख रुपैयाँ अनुमान गरिएकोमा मन्त्रालयबाट ४ करोड ३५ लाख रुपैयाँ छुट्याईएको छ ।

यस्तै शिवसताक्षीको दोमुखा चिल्ड्रेन पार्कको कुल लागत २ करोड रहेकोमा १ करोड ३० लाख मन्त्रालयबाट बिनियोजन हुने तय भएको छ ।

६ करोड ९० लाख रुपैयाँ कुल लागत अनुमान रहेको कन्काई नगरपालिकाको कन्काई सामुदायीक वनस्पति उद्यानका लागि मन्त्रालयबाट ४ करोड ४९ लाख, ६ करोड ७३ लाख रुपैया कुल अनुमान रहेको भद्रपुरको साईन्स सिटीका लागि ४ करोड ३८ लाख मन्त्रालयबाट बिनियोजन हुने भएको छ ।

समान लागतका मध्यम योजना

प्रस्ताव आह्वान गरी छनौट गरिएका झापाका पर्यटकीय गन्तव्यहरुमा हल्दिबारीको भेलागढी लोकतान्त्रिक शहीद स्मृति पार्क, बाह्रदशीको साधूपति झिल सिमसार, नेपालकै होचो भुभाग कचनकवल गाउँपालिकाको केचना स्तम्भ तथा झिल, गौरीगञ्जको कोरोवारी सिमसार तथा कमल गाउँपालिकाको साधुहोली सिमसार रहेका छन् ।

यी प्रत्येक योजनाको कुल लागत ५ करोड रुपैयाँका दरले अनुमान गरिएको छ भने मन्त्रालयले ३ करोड ५० लाख रुपैयाँका दरले बिनियोजन गरेको छ । यस्तै १ करोड ५० लाख रुपैयाँ कुल लागत अनुमान रहेको दमक नगरपालिकाको ईन्द्रेणी तालका लागि ९८ लाख रुपैयाँ मन्त्रालयले छुट्याएको छ ।

झापामा छनौट गरिएका योजनाहरुको कुल लागत ४३ करोड ८३ लाख रुपैयाँ अनुमान गरिएको छ । मन्त्रालयले ३३ करोड बिनियोजन गरेको जनाएको छ भन बाँकी रकम साझेदारको रुपमा स्थानीय तहले स्रोत जुटाउनु पर्नेछ ।

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  २ : ४५ बजे

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

सुशील स्टारर ‘परिवर्तन’ प्रदर्शनमा आएपछि हलमा छन् ६ नेपाली फिल्म

काठमाडौं – नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइली स्टारर

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ ।

चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस

बेलबारी– प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने निर्वाचनमा

श्रीपञ्चमी : मिथिलामा कृषि नववर्ष उत्सवको परम्परा

महोत्तरी– मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा कृषि नववर्ष उत्सवको तयारी