प्रदेश २ सरकारले पाँच वटा बस फागुनभित्रै सञ्चालन गर्ने « Khabarhub

प्रदेश २ सरकारले पाँच वटा बस फागुनभित्रै सञ्चालन गर्ने


१ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले प्रदेश परिवहन सेवा फागुनभित्रै सञ्चालनमा ल्याउने बताएका छन ।

मन्त्रालयले शनिबार पत्रकार साम्मेलन गरी पाँच वटा बस फागुन अन्तिम सातासम्म सञ्चालनमा ल्याइने बताएको हो । आम नागरिकलाई सहजताको लागि ल्याइएको बस सेवा प्रदेशको सबै जिल्ला सदरमुकाम भएर गुड्ने छन् ।

सरल तथा सुलभ यातायात सेवा प्रदान गर्ने उद्देश्यले मन्त्रालयले दीपावलीको अवसर पारेर पाँचवटा बस खरिद गरेको थियो ।

यद्यपि कार्यविधि अभाव तथा भुक्तानी हुन नसकेका कारण केही समय ढिलो भएको मन्त्री सोनलले बताए । कार्यविधि निर्माणमा केही समय लाग्ने भन्दै कार्यविधि निर्माण भए लगत्तै बस सेवा सञ्चालनमा आउने मन्त्री सोनलको भनाइ छ ।

‘कार्यविधि निर्माण कार्य अन्तिम चरणमा छ, बस चाँडै सञ्चालनमा आउँछ,’ उनले भने, ‘मन्त्रालयले पाँचवटै बस भ्याटसहित तीन करोड ९ लाख ८२ हजार रूपैयाँमा खरिद गरेको छ ।’

मन्त्री सोनलका अनुसार बस सेवा सञ्चालनका लागि एउटा सञ्चालक समिति गठन गरिने छ ।

प्रदेश परिवहन सेवा सञ्चालनमा आएपछि सार्वजनिक यातायातभन्दा सरल, सुलभ, सुरक्षित र व्यवस्थित हुनेछ । ५० सिट क्षमता भएको सो बसमा सीसीटीभी क्यामेरा, स्वचालित ढोका र वाइफाईको सुविधा समेत छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  १० : ४० बजे

निर्णायक घडीमा प्रदीप ज्ञवालीको अपिल : ओली नेतृत्वको टोलीलाई जिताऔँ

काठमाडौं– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा

शुक्लाफाँटाको बन्साहमा बहुलाहा कुकुरको आतङ्क

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहमा दुई दिनदेखि बहुलाहा कुकुरको आतङ्क

स्थानीयको पहलले भोजपुरमा ‘पेमा छ्योलिङ गुम्बा’ निर्माण

भोजपुर– स्थानीयवासीको पहल, श्रम र आर्थिक सहयोगबाट भोजपुर सदरमुकाम नजिकैको

विदेशमा अध्ययनका लागि बाहिरियो ४२ अर्ब ९६ करोड रुपैयाँ

काठमाडौं– देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए पनि

जर्मनीको अनलाइन बैङ्क एनमाथि प्रतिबन्ध

फ्र्याङ्कफर्ट – जर्मनीका वित्तीय नियामकले अनलाइन बैङ्क एन–२६ माथि नयाँ